PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

उत्तर र दक्षिण कोरियाका खेलाडीले सेल्फी खिचेर दिए भावनात्मक सन्देश



पहिलोपोस्ट

उत्तर र दक्षिण कोरियाका खेलाडीले सेल्फी खिचेर दिए भावनात्मक सन्देश

उत्तर र दक्षिण कोरियाको सम्बन्ध अहिले पानी बाराबारको अवस्थामा छ। तर ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिकमा दुई कोरियाका खेलाडीले एकताको सन्देश दिएका छन्।
 
उत्तर र दक्षिण कोरियाका जिम्न्यास्ट खेलाडीले सँगै सेल्फी खिचेर उक्त सन्देश प्रवाह गर्ने प्रयास गरेका हुन्।
 
दक्षिण कोरियाकी लि एउ जु र उत्तर कोरियाकी उन होङ्गले खेल सुरु हुनुअघिको ट्रेनिङको समयमा मुस्कुराउँदै फोटो खिचेका हुन्।
 
यी दुई खेलाडीको फोटोलाई अहिले विश्वभर ओलम्पिक स्प्रिटको रुपमा लिइएको छ।
 
उत्तर कोरियाले पोङयोङबाट आणविक क्षेप्यास्त्र परीक्षण गर्दै शक्तिको धम्की देखाउनु थालेपछि दुई कोरियाबीचको सम्बन्ध अहिले निकै तनावपूर्ण अवस्थामा छ।
 
दुवै खेलाडी दोस्रो चरणमा प्रवेश गर्न सकेनन् तर दुई कोरियाको कूटनीतिक सम्बन्धमा भने स्वर्ण जितेका छन्। १७ वर्षीय लि पहिलो पटक ओलम्पिकमा सहभागिता जनाउन ब्राजिल पुगेकी हुन् भने २७ वर्षे होङ्गले २००८ को बेइजिङ ओलम्पिकमा उत्तर कोरियालाई पदक दिलाएकी थिइन्।
 
उक्त फोटोलाई ट्वीट गर्दै राजनीतिक वैज्ञानिक इआन ब्रेमरले लेखेका छन्, 'यसै कारण हामी ओलम्पिक आयोजना गर्छौं।' उनको ट्वीट १९ हजारभन्दा बढी पटक रिट्वीट भइसकेको छ।
 

'खेलकुदले सबैलाई एकत्रित गर्छ,' एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन्। अरुले पनि यो दृश्यलाई 'ओलम्पिकको मोस्ट आइकोनिक फोटो' भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell