काठमाडौं : प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आज ट्राफिक प्रहरी महाशाखाको छड्के जाँच गरेका छन्।
सुटुक्क महाशाखा पुगेका अर्यालले ट्राफिकको गतिविधि नियाल्दै सेवाग्राहीका गुनासो पनि सुनेका थिए।
ट्राफिकले बेलाबेलामा दु:ख दिने गरेको र कारबाहीमा परेर बिल लिँदा लाइनमा बस्नुपरेको सेवाग्राहीले पीडा सुनाएका महाशाखाका एक कर्मचारीले बताए। महाशाखा र ट्राफिक प्रहरीले गरेको कामको प्रशंसा गर्दै अर्यालले सेवाग्रही र सवारी चालकहरुसँग शिष्ट रुपमा प्रस्तुत हुन आग्रह समेत गरेका थिए।