PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नेविसंघ बन्दसत्र फेरि सर्‍यो, फोटोमा हेर्नुस् के भयो महाधिवेशन स्थलमा दिनभर

नेविसंघ बन्दसत्र फेरि सर्‍यो, फोटोमा हेर्नुस् के भयो महाधिवेशन स्थलमा दिनभर

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको बन्दसत्र सुरु नहुँदा अन्यौलता बढेको छ। सोमबार उद्घाटन भएको ११ औँ महाअधिवेशन मंगलबारसम्मका लागि स्थगित गरिएको थियो। आकांक्षी र प्रतिनिधि व्यवस्थापन नमिलेपछि बन्दसत्र बुधबार १२ बजेसम्का लागि स्थगित भएको छ।

राजधानीको भृकुटीमण्डपस्थित महाधिवेशन स्थलबाहिर दिनभर देशभरबाट आएका नेता कार्यकर्ता सानासाना समूह बनाएर गफमा व्यस्त रहे। बन्दसत्र हुनुपर्ने हल र भृकुटीमण्डप परिसर सुनसमन रह्यो। मञ्च र कुर्सी खाली देखिए।

नयाँ नेतृत्वका आकांक्षी व्यवस्थापन र प्रतिनिधि चयनकै विवाद नटुङ्गिँदा कार्यकर्ता अलपत्र अवस्थामा छन्। सुरक्षाकर्मीहरु परिचालित छन्।

मंगलबार दिनभर कार्यकर्ताहरु बेलाबेला जुर्मुराए र आफ्ना नेताको पक्षमा नाराबाजी गरे। साँझ परेपछि बन्दसत्र स्थगितको सूचना पाएपछि भने उनीहरु बाटो लागे। हेर्नुस फोटोमा दिनभरको दृश्य-


ट्रेन्डिङ पोस्ट

Ncell