PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

​वीरगन्जको सीमावर्ती शहर रक्सौलमा गोली चल्यो, एकको मृत्यु, दुई सिकिस्त



राधेश्याम पटेल

वीरगन्ज : वीरगन्जको सीमावर्ती भारतीय शहर रक्सौलमा मङ्गलबार गोली,बम चलेको छ। जग्गा विवादमा चलेको गोली लागी एकजना वृद्धको मृत्यु भएको छ। अन्य दुई महिला गम्भीर घाइते छन्।

हातहतियारसहित ६ जनाको समूहमा आएको अज्ञात समूहले रक्सौल,अहिरवा टोलाका सोनालाल यादव ‘ननकी’को घरमा अचानक आक्रमण गरी सो घटना घटाएको रक्सौल पुलिस थानालाई उदृत गर्दै पत्रकार राजेश केशरीवालले जनाएका छन्।

हतियारधारी समूहले उनको घरको कुकुरलाई गोली ठोक्दै र सुमो तोडफोड गर्न थालेपछि अहिरवा टोला त्रसित बनेको थियो। घर नजिकै रहेको धारामा पानी भर्दै गरेकी दुई महिलालाई लक्षित गरी हानिएको बम विस्फोट हुदाँ नेहा देवी र पूजा कुमारी गम्भीर घाइते भएका छन्। उनीहरुको रक्सौलको डंकन अस्पतालमा उपचार सम्भव नभएपछि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज ल्याइएको छ।
 
अज्ञात समूहले गोली प्रहार गरी ननकीका पिता टिमल यादवको हत्या गरेका छन्। ६५ वर्षीय यादवको घटनास्थलमैं मृत्यु भएको थियो। यादवको मृत्युपछि समूह हवाई फायर गर्दै भागेको थियो।

सोनालाल यादव‘ननकी’ आपराधिक चरित्रका व्यक्तिको रूपमा रक्सौलका जनताले चिन्छन्। उनले रक्सौल पुलिस समक्ष जग्गा सम्बन्धी विवादका कारण घरमा आक्रमण गरी बुवाको हत्या गरिएको बयान दिएका छन्।

केही महिना अघि रक्सौलको ब्लक रोडका जयपाल प्रसादको जग्गा कब्जा गर्न मुजफफरपुरबाट अपराधी पवन यादव समूहका व्यक्ति आएर गोलीबारी गरेका थिए।

त्यतिबेला रक्सौल प्रहरीले ८ जना अपराधीलाई हतियारसहति घटना स्थलबाट पक्राउ गरेको थियो। गत सोमवार पनि स्टेशन नजिकै बड्का परेवामा जग्गा सम्बन्धी विवादलाई लिएर झडप भएको थियो।

सुशील सिकरियाको विवादित घर जग्गामा हाजी मोख्तार पक्षले प्रहरी र समर्थकलाई लिएर कब्जा गर्न जाँदा झडप भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell