PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

जापानी राजदूतले भेटे प्रधानमन्त्री प्रचण्डलाई



पहिलोपोस्ट

जापानी राजदूतले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं : नेपालस्थित जापानी राजदूत मासासी ओगावाले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।
 
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राजदूत ओगावाले नेपाल सरकारलाई जापानको पूर्ण सहयोग रहने बताए। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल–जापानबीच ऐतिहासिक सम्बन्ध कायम रहेकाले यसलाई आगामी दिनमा थप मजबुत बनाउने बताएका थिए।

जापान नेपालको नजिकको साथी भएको भन्दै उनले नेपालको दु:ख-सुखमा जापानबाट प्राप्त भएको सहयोगप्रति कृतज्ञता समेत व्यक्त गरे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell