PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

रंगकर्मी सुनील पोखरेल अस्पताल भर्ना, आइसियुमा राखेर उपचार हुँदै



पहिलोपोस्ट

रंगकर्मी सुनील पोखरेल अस्पताल भर्ना, आइसियुमा राखेर उपचार हुँदै

काठमाडौं : स्वास्थ्यमा समस्या आएपछि रंगकर्मी सुनील पोखरेललाई गएराति अस्पताल भर्ना गरिएको छ।

एक्कासि दाँत बाँधेर बेहोस भएपछि राति नै उनलाई नर्भिक अस्पताल पुर्‍याइएको थियो। चिकित्सकले उनलाई सिजर एट्याक भएको बताएका छन्।अहिले आइसियुमा राखेर उपचार भइरहेको छ।  बिहान भने स्वास्थ्यमा सुधार देखिएको रंगकर्मी घिमिरे युवराजले बताए। 'भेट्दाखेरि सामान्य गफगाफ गर्नुभयो,' उनले भने, 'डाक्टरको रिपोर्ट भने आउन बाँकी छ।'

पोखरेलको फोक्सो, लिभरमा समस्या देखिएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell