PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

रियल मड्रिड युरोपियन सुपर कप च्याम्पियन



पहिलोपोस्ट

रियल मड्रिड युरोपियन सुपर कप च्याम्पियन

'अल स्पानिस' फाइनलमा सेभियालाई हराउँदै रियल मड्रिडले युरोपियन सुपर कपको उपाधि जितेको छ। अतिरिक्त समय सकिन एक मिनेट अगाडि ड्यानी कार्भाहालले गरेको गोल मद्दतले रियल १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको सेभियालाई ३-२ ले पराजित गर्दै च्याम्पियन बनेको हो। 

यसअघि निर्धारित समयमा २-१ ले पछि परेको अवस्थामा पनि कप्तान सर्गियो रामोसले इन्जुरी टाइममा गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए। 

गत सिजन रियलले कीर्तिमानी ११ औं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको थियो भने सेभिया लगातार तेस्रो पटक युरोपा लिग च्याम्पियन बनेको थियो। 

नर्वेको ट्रोन्डेइमस्थित लेर्केण्डल स्टाडियोनमा भएको खेलमा मार्को एसेन्सिओको गोलमार्फत रियलले २१ औं मिनेटमा अग्रता लिएको थियो। तर पहिलो हाफमै सेभिया बराबरी गोल फर्काउन सफल भयो। ४१ औं मिनेटमा सेभियाका फ्रान्को भजक्वेजले गोल गरेपछि खेल १-१ को स्थितिमा पुग्यो।
 
त्यसपछि ७२ औं मिनेटमा प्राप्त पेनाल्टीमा येभहेनी कोनोप्लाइन्काले गोल गर्दै सेभियालाई २-१ को अग्रता दिलाएका थिए। निर्धारित समयमा सेभियाले अग्रतालाई कायम राख्दै जित नजिक पुगेको थियो तर थप गरिएको तेस्रो मिनेटमा रामोसले गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो।
 
बराबरीपछि ३० मिनेटको अतिरिक्त समय थपियो। अतिरिक्त समयको चौथो मिनेटमा सेभियालाई अर्को झड्का लाग्यो। ९४ औं मिनेटमा टिमोथी दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदान बाहिरिएपछि सेभिया १० खेलाडीमा झर्‍यो।

अतिरिक्त समयमो एक मिनेट अगाडिसम्म पनि एक खेलाडी कम रहेको सेभियाले रियललाई बराबरीमै रोकेको थियो तर ११९ औं मिनेटमा कार्भाहालले गोल गरेपछि सेभियालाई जिल्याउँदै रियल ३२ ले विजयी हुँदै च्याम्पियन बनेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell