PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

'एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७२' का लागि उत्कृष्ट पाँचको मनोनयन, कोको परे?



पहिलोपोस्ट

'एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७२' का लागि उत्कृष्ट पाँचको मनोनयन, कोको परे?

काठमाडौं : नेपाल चलचित्र विकास कम्पनी र गोपीकृष्ण मुभिजले संयुक्त रुपमा वितरण गर्दै आएको 'एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७२' को मनोनयन सार्वजनिक भएको छ।
 
'जोयपपया राष्ट्रिय चलचित्र पुरस्कार-२०७२' नाम दिइएको अवार्ड वितरण कार्यक्रमको लागि १७ विधाका ५ उत्कृष्ट नाम घोषणा गरिएको हो।
 
'हिजोलाई सम्मान आजलाई प्रोत्साहन भोलिलाई उत्थान' भन्ने नाराका साथ तीन वर्षयता राष्ट्रिय चलचित्र पुरस्कार वितरण हुँदै आएको छ।
 
यो वर्ष सर्वोत्कृष्ट ध्वनि पुन:मुद्रण, पार्श्व संगीत, सर्वोत्कृष्ट संगीतकार, पार्श्व गायन, उत्कृष्ट नृत्य निर्देशक, द्वन्द्व निर्देशक, निर्देशक, सम्पादक, छायाकार, सर्वोत्कृष्ट लेखन, उत्कृष्ट नवनायिका, नवनायक, उत्कृष्ट सहअभिनेत्री, सहअभिनेता, उत्कृष्ट अभिनेत्री, अभिनेता, निर्देशक र सर्वोत्कृष्ट चलचित्र गरी १७ विधालाई पुरस्कारसहित सम्मान गर्न लागिएको हो।
 
मनोनयनमा परेकामध्ये हरेक विधामा भोटिङ सिस्टमबाट उत्कृष्ट ठहरिएका एकलाई २०७३ असोजमा अवार्ड वितरण गरिनेछ।
 
अवार्ड दिइने हरेक विधालाई कला क्षेत्रकै स्रष्टा-सर्जकको नाममा समर्पित गरी नामकरण गरिएको छ।
 

मनोनयनमा कोको परे?

  •  'हिरा' सर्वोत्कृष्ट चलचित्र
  1. क्लासिक
  2. कबड्डी कबड्डी
  3. पशुपतिप्रसाद
  4. प्रेमगीत
  5. वडा नम्बर ६                   
  •  'प्रकाश' सर्वोत्कृष्ट निर्देशक
  1. दिनेश राउत– क्लासिक
  2. दिपेन्द्र के. खनाल– पशुपतिप्रसाद
  3. रामबाबु गुरुङ– कबड्डी कबड्डी
  4. सुदर्शन थापा– प्रेमगीत
  5. उज्ज्वल घिमिरे– वडा नम्बर ६                     
  •  'शिव' सर्वोत्कृष्ट अभिनेता
  1. आर्यन सिग्देल– क्लासिक
  2. दयाहाङ राई– कबड्डी कबड्डी
  3. खगेन्द्र लामिछाने– पशुपतिप्रसाद
  4. प्रदीप खड्का– प्रेमगीत
  5. सौगात मल्ल – फन्को                                   
  •  'भुवन' सर्वोत्कृष्ट अभिनेत्री
  1. केकी अधिकारी– भाग सानी भाग
  2. मेनुका प्रधान– रेशम फिलिली
  3. नम्रता श्रेष्ठ– क्लासिक
  4. प्रियंका कार्की– वडा नम्बर ६
  5. पुजा शर्मा– प्रेमगीत                                            
  •  'नीर' सर्वोत्कृष्ट सहअभिनेता
  1. विपीन कार्की– पशुपतिप्रसाद
  2. कामेश्वर चौराशिया – रेशम फिलिली
  3. नाजिर हुसेन– होस्टेल रिटर्न्स
  4. प्रमोद अग्रहरी – चंखे, शंखे, पंखे
  5. शिशिर भण्डारी – लभ सब                                
  •  'वसुन्धरा' सर्वोत्कृष्ट सहअभिनेत्री
  1. अशिष्मा नकर्मी– अधकट्टी
  2. दीपाश्री निरौला– वडा नम्बर ६
  3. रोमीवानी घिमिरे– क्लासिक
  4. सुरविना कार्की– सुश्री
  5. स्वस्तिमा खड्का– होस्टेल रिटर्न्स                                    
  •  'विश्व' सर्वोत्कृष्ट नवअभिनेता
  1. आमेश भण्डारी– फूलै फूलको मौसम तिमीलाई
  2. पल शाह– नाइ न भन्नु ल ४
  3. प्रदीप बास्तोला– अधकट्टी
  4. शुशिल श्रेष्ठ– होस्टेल रिटर्न्स
  5.  शुशील सिटौला– होस्टेल रिटर्न्स                               
  •  'चैत्य' सर्वोत्कृष्ट नवअभिनेत्री
  1. आशिका तामाङ– सुश्री
  2. वर्षा राउत – काफल पाक्यो
  3. वर्षा राउत – नाइ न भन्नु ल ४
  4. साम्राज्ञी राज्यलक्ष्मी शाह– ड्रिम्स
  5. शशी श्रेष्ठ– होस्टेल रिटर्न्स                                   
  •  'चेतन' सर्वोत्कृष्ट लेखन
  1. छेतन गुरुङ– क्लासिक
  2. खगेन्द्र लामिछाने– पशुपतिप्रसाद
  3. रामशरण पाठक– प्रेमगीत
  4. सामिप्यराज तिमिल्सेना– ड्रिम्स
  5. उपेन्द्र सुब्बा र रामबाबु गुरुङ– कबड्डी कबड्डी                      
  •  'मञ्जु' सर्वोत्कृष्ट छायाँकार
  1. मानकृष्ण महर्जन– फूलैफूलको मौसम तिमीलाई
  2. पुरुषोत्तम प्रधान र सञ्जय लामा– ड्रिम्स
  3. राजेश श्रेष्ठ– क्लासिक
  4. राजेश श्रेष्ठ– प्रेमगीत
  5. शैलेन्द्रध्वज कार्की – कबड्डी कबड्डी                               
  •  'तुलसी' सर्वोत्कृष्ट सम्पादक
  1. बनिष शाह र मिलन श्रेष्ठ– ड्रिम्स
  2. दीर्घ खड्का– पशुपतिप्रसाद
  3. निमेष श्रेष्ठ– कबड्डी कबड्डी
  4. सुरेन्द्र पौडेल– क्लासिक
  5. सुरेन्द्र पौडेल– प्रेमगीत                                   
  • 'भुटानी' सर्वोत्कृष्ट द्वन्द्व निर्देशक
  1. अष्ट महर्जन– आवेग
  2. चन्द्र पन्त– ड्रिम्स
  3. हिमाल केसी– भैरव
  4. हिमाल केसी– लुटेरा
  5. एनबी महर्जन– फूलैफूलको मौसम तिमीलाई                         
  •  'प्रदीप' सर्वोत्कृष्ट ध्वनि पुनःमुद्रण
  1. डिजे एलएक्स– अधकट्टी
  2. दीप तुलाधर– आवेग
  3. मुकेश शाह– भैरव
  4. सुनयमान श्रेष्ठ– वडा नम्बर ६
  5. उत्तम न्यौपाने– पशुपतिप्रसाद                                     
  •  'शुभ' सर्वोत्कृष्ट पार्श्व संगीत
  1. एलिस कार्की– प्रेमगीत
  2. जेशन कुँवर र निरज शाक्य– पशुपतिप्रसाद
  3. रोहित शाक्य – कबड्डी कबड्डी
  4. शैलेश श्रेष्ठ– ड्रिम्स
  5. शैलेश श्रेष्ठ र रोहित शाक्य– क्लासिक                            
  •  'वसन्त' सर्वोत्कृष्ट नृत्य निर्देशक
  1. कविराज गहतराज– ब्लाष्ट हुनेवाला– लुटेरा
  2. कविराज गहतराज– म के भनुँ– ड्रिम्स
  3. रामजी लामिछाने– फूलै फूलको मौसम– फूलै फूलको मौसम तिमीलाई
  4. रेनाशा राई– म यस्तो गीत गाउँछु– प्रेमगीत
  5. शंकर बिसी – सुर्के थैली खोई – वडा नम्बर ६                 
  •  'उदित' सर्वोत्कृट पार्श्व गायन
  1. अञ्जु पन्त– सुर्के थैली खोई – वडा नम्बर ६
  2. सोमिया बराइली– पिरतीको छाता – रेशम फिलिली
  3. सुगम पोखरेल– म यस्तो गीत – प्रेमगीत
  4. स्वरुपराज आचार्य– म त अलपत्र पर्छु – प्रेमगीत
  5. युवराज चौलागाई– हाँरे हाँरे – क्लासिक                             
  •  'शम्भुजीत' सर्वोत्कृष्ट संगीतकार
  1. अर्जुन पोखरेल– म यस्तो गीत गाँउछु – प्रेमगीत
  2. बसन्त सापकोटा– माग्ने बनायौ – नाइ न भन्नु ल ४
  3. कालिप्रसाद बासकोटा– पिरतीको छाता – रेशम फिलिली
  4. राजनराज शिवाकोटी– सुर्के थैली खोई – वडा नम्बर ६
  5. ताराप्रकाश लिम्बु– सुनौलो हरदिन – क्लासिक 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell