PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

तीन केजी कोकिन सहित दुई विदेशी महिला पक्राउ



पहिलोपोस्ट

तीन केजी कोकिन सहित दुई विदेशी महिला पक्राउ

काठमाडौं : कोकिन कारोबारमा संलग्न दुई विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ। एक महिलाबाट भने ३ केजीभन्दा बढी कोकिन समेत बरामद भएको छ।
 
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट क्वालालाम्पुर हुँदै थाइल्यान्ड उड्न लागेकी थाइल्यान्डकी महिला वारान्या काएपिकुललाई पक्राउ गरेको हो। मंगलबार राति साढे ९ बजे विमानस्थलमा चेकजाँचका क्रममा उनी समातिएकी हुन्। फल्स बटन बनाइएको सुटकेसमा उनले ३ केजी ५४ दशमलव ५ ग्राम कोकिन लुकाएको फेला परेको छ। मलेसियन एयरको एमएच ११५ बाट उनी उड्ने तयारीमा रहेकी उनी साउन २१ गते काठमाडौं आएको प्रहरी अनुसन्धानले देखाएको छ।
 
उनलाई थाइल्यान्ड बस्ने नाइजेरियन मूलका नागरिक रेम्मीले कोकिन लगेबापत ७० हजार भाट दिने बताएका थिए। सो कोकिन साउन २३ मा स्पेनिस बोल्ने एक विदेशी महिलाले दिएकी थिइन्। उनको भने खोजी भइरहेको प्रहरीले जनाएको छ।
 
सोही कारोबारमा संलग्न बोलिभियन नागरिक रोस्सी गुएड्डी तोलेदो भ्यालेजोस नामकी महिलालाई पनि आजै बिहान नक्सालबाट प्रहरीले पक्राउ गरेको छ।

बरामद गरिएको कोकिनको मूल्य ६ करोड १० लाख बराबरको रहेको प्रहरी अनुमान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell