PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​आफूलाई ढाल्ने षड्यन्त्र भइरहेको ओलीको आरोप



मनोज सत्याल

​आफूलाई ढाल्ने षड्यन्त्र भइरहेको ओलीको आरोप

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ढलाउने गम्भीर षड्यन्त्र भइरहेको बताएका छन्। 

प्रेस चौतारी नेपालले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजना गरेको अन्तरसंवादमा ओलीले विभिन्न स्थानमा गम्भीर षड्यन्त्र भइरहेको बताए। 

'अहिले के चलिरहेको छ भने केपी ओली जबसम्म अध्यक्ष छ, नेता छ, त्यसलाई बदनाम नगरिकन, तेजोबध नगरी, त्यसलाई नढालिकन एमालेलाई कमजोर पार्न सकिन्न', ओलीले भने।

त्यसैले अहिले आफूमाथि केन्द्रित भएर षड्यन्त्र भइरहेको उनको विश्लेषण थियो, 'अनेक प्रकारका षड्यन्त्र अहिले पनि भइराखेको छ। गम्भीर प्रकारका षड्यन्त्र विभिन्न ठाउँमा भइराखेको छ। तर हामी कसैले लगाइदिएको लिस्नोबाट चढेर यहाँ आइपुगेको हैन। हामी संघर्षका मैदानबाट यहाँ आएका हौँ। यो हेक्का रहोस्।'

उनले प्रधानमन्त्री निवास छाड्ने क्रममा आफूले सामान लगेको भन्ने खालको प्रचारको खण्डन गरे। उनले कुचो, नाङ्ग्लो लिएर गएछ ओलीले भन्नु तल्लो स्तरको प्रचार भएको बताए। 

अध्यक्ष ओलीले आफूलाई कसले हटाउन खोजेको भन्ने विषयमा भने स्पष्ट गरेनन्। 

उनले नेपालमा राष्ट्रिय एकताको भावना बलियो भएकाले 'यसलाइ हटाउँ' भनेर हटाइएको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell