PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

रियो ओलम्पिक : महिला फुटबलको क्वाटरफाइनल समीकरण पूरा



पहिलोपोस्ट

रियो ओलम्पिक : महिला फुटबलको क्वाटरफाइनल समीकरण पूरा

ब्राजिलको रियो दि जेनेरियामा जारी ३१औं गृष्मकालीन ओलम्कि अन्तर्गत महिला फुटबलको क्वाटरफाइनल समीकरण पुरा भएको छ।
 
आयोजक ब्राजिलसँगै साबिक विजेता अमेरिका, फ्रान्स, जर्मनी, स्वीडेन, क्यानडा, चीन र अष्ट्रेलिया अन्तिम ८ मा पुगेका छन्। स्वीडेन र अष्ट्रेलिया तेस्रो स्थानमा रहनेमध्ये उत्कृष्ट दुई स्थानमा रहँदै क्वाटरफाइनल पुगेका हुन्।
 
समूहको अन्तिम खेलमा दक्षिण अफ्रिकासँग गोलरहित बराबरीमा रोकिए पनि अघिल्ला २ खेल जितेको ब्राजिल ७ अंक सहित समूह एफको विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको हो। यसै समूहबाट चीन उपविजेता बन्यो। चीनसँग गोलरहित बराबरी खेल्दै समान ४ अंक जोडे पनि स्वीडेन उपविजेता बन्न सकेन र तेस्रो स्थानमा रहनेमध्ये उत्कृष्ट बन्यो।
 
यता साबिक विजेता अमेरिकाले समूहको अन्तिम खेलमा कोलम्बियासँग २-२ गोलको बराबरी खेलेपनि ७ अंक सहित समूह जी को विजेता बन्यो। अघिल्ला खेलमा अमेरिकाले फ्रान्स र न्युजिलयाण्डलाई हराएको थियो। फ्रान्स न्युजिल्याण्डलाई ३-० ले पराजित गर्दै समूह जी को उपविजेता बन्यो।

जर्मनीलाई २-१ ले पराजित गरेको क्यानाडा ९ अंक सहित समूह एफ को विजेता बन्यो। क्यानडा समूह चरणमा शतप्रतिशत नतिजा निकाल्ने एक मात्र टीम समेत बन्यो। हारका बाबजुत ४ अंक जोडेको जर्मनी समूह एफ को उपविजेता बन्दा जर्मनी समान ४ अंक नै जोडेको अष्ट्रेलिया तेस्रो स्थानमा रहने उत्कृष्ट टीम बन्न सफल भयो।
 
महिला फुटबलतर्फ क्वाटरफाइनलका चारै खेल शुक्रबार हुनेछन्।
 

  • क्वाटरफाइनलको समीकरण
           खेल                            मिति             स्थान
ब्राजिल भर्सेस अष्ट्रेलिया           अगस्ट १२     बेलो होरिजेन्टे
अमेरिका भर्सेस स्वीडेन            अगस्ट १२     ब्रासिलिया
क्यानडा भर्सेस फ्रान्स              अगस्ट १२     साओ पाउलो
चीन भर्सेस जर्मनी                  अगस्ट १२     साल्भाडोर



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell