PahiloPost

Jul 12, 2026 | २८ असार २०८३

देउवाले जुस पिलाएर तोडाए १४ दिनदेखिको अनसन



रमेश वाग्ले

देउवाले जुस पिलाएर तोडाए १४ दिनदेखिको अनसन

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जुस पिलाएर १४ दिनदेखि अनसन बसिरहेका विद्यार्थीहरुको अनसन तोडाएका छन्। 

नेविसंघको महाधिवेशनमा भइरहेको प्रतिनिधि विवाद समाधान गर्नुपर्ने मागसहित अनसन बसिरहेका विद्यार्थीहरुको स्वास्थ्य खराब भएपछि ओम अस्पताल लगिएको थियो। 

बुधबार साँझ नेविसंघका पूर्व अध्यक्ष प्रदीप पौडेल र नेता कृष्णप्रसाद सिटौलासहित अस्पताल पुगेका  देउवाले अनसन तोडाएका थिए। 

विवाद समाधान गर्न पार्टीले गठन गरेको निर्देशक समितिले आज बिहान सबै विवाद समाधान गरिसकेको छ। अब बन्द सत्रसहित निर्वाचन प्रक्रिया सुरु हुने भएको छ। तर भृकुटी मण्डपको हल आजसम्मका लागि मात्र भाडा लिइएको कारण भोलिदेखि पार्टी कार्यालय सानेपाबाट नै महाधिवेशनका बाँकी प्रक्रिया अघि बढ्ने सम्भावना छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell