
काठमाडौं : रेडपाण्डाको छाला कारोबारमा संलग्न चार जना पक्राउ परेका छन्।
विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले आज काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१४ बाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा उदयपुर बलम्ता-८ घर भई हाल बुढानिलकण्ठ बस्ने २३ वर्षिय सुशील राई, बाग्लुङ जिल्ला भई हाल नेपालगन्ज बस्ने २४ वर्षिय मुस्कान थापा, खोटाङ घर भई हाल बुढानिलकण्ठ बस्ने २६ वर्षीय जीवन गुरुङ र मकवानपुर सरिखेतपलासे घर भई बुढानिकण्ठ बस्ने ३२ वर्षका लालबहादुर थिङ रहेका छन्।
प्रहरीले जीवन गुरुङको कोठामा राखेको अवस्थामा ९ थान छाला समेत बरामद गरेको छ।
रेडपाण्डा दुर्लभ वन्यजन्तुमा सूचीकृत वन्यजन्तु हो। पक्राउ परेकाहरुलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला वन कार्यलय हात्तीसार पठाइएको छ।