PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

फेवातालमा डुंगा पल्टिएर बेपत्ता दुई युवकको शव फेला



पहिलोपोस्ट

काठमाडौं :फेवातालमा डुंगा पल्टिएपछि सोमबार साँझदेखि बेपत्ता दुई युवकको शव आज बिहान फेला पारेको छ।
 
चार दिनदेखिको खोजपछि हल्चोकघाट नजिकै पानीमा तैरिएको अवस्थामा ती युवकलाई फेला पारिएको प्रहरी निरीक्षक मोहनमणि अधिकारीले बताए।

यसरी मृत अवस्थामा फेला परेकाहरुमा काठमाडौं चक्रपथका १९ वर्षीय प्रतीक श्रेष्ठ र बसुन्धाराका २३ वर्षीय एलिन केसी रहेका छन्। उनीहरुको खोजीका लागि प्रहरीको विशेष रेस्क्यु टिम परिचालन गरिएको थियो। सोही डुंगा पल्टिएपछि तत्कालै अन्य ६ जनाको सोमबार नै उद्धार गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell