PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

बदलिँदो राजनीतिक परिस्थितिबारे जानकारी दिन दुई उपप्रम छिमेकी देशमा जाने



मनोज सत्याल

बदलिँदो राजनीतिक परिस्थितिबारे जानकारी दिन दुई उपप्रम छिमेकी देशमा जाने

काठमाडौँ : मन्त्रिपरिषद्को आजको बैठकले नेपालको बदलिँदो राजनीतिक परिस्थिति लगायतका घटनाक्रमबारे जानकारी दिन दुई उपप्रधानमन्त्रीलाई दुई छिमेकी देशमा पठाउने निर्णय गरेको छ। 

यसका लागि उपप्रधानमन्त्री विमलेन्द्र निधि भारत जानेछन् भने अर्का उपप्रधानमन्त्री कृष्णबहादुर महरा चीन जाने छन्। 

सरकार परिवर्तन भएपछि यो पहिलो सरकारी भ्रमण हुनेछ। 

बैठकले महँगी र कालोबजारी नियन्त्रणका लागि आपूर्ति तथा वाणिज्य मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता उपप्रम महराले जानकारी दिए। 

सरकार विस्तारबारे सोधिएको प्रश्नको जवाफमा महराले 'चाँडै हुने' जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell