PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

मेसी र सुवारेजको गोल मद्दतमा बार्सिलोनाले जित्यो गाम्पर ट्रफी



पहिलोपोस्ट

मेसी र सुवारेजको गोल मद्दतमा बार्सिलोनाले जित्यो गाम्पर ट्रफी

लियोनल मेसी र लुइस सुवारेजले उत्कृष्ट प्रदर्शन गरेपछि स्पानिस क्लब बार्सिलोनाले गाम्पर ट्रफी जितेको छ।
 
गएराति भएको खेलमा मेसी र सुवारेजले गोल गरेपछि बार्सिलोनाले इटालियन क्लब साम्पडोरियालाई ३-२ ले हराउँदै उपाधि जितेको हो। बार्सिलोनाको जितमा मेसीले २ तथा सुवारेजले १ गोल गरे।
 
घरेलु मैदान नो क्याम्पमा भएको खेलमा १६ औं मिनेटमा सुवारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। २१औं मिनेटमा मेसीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे।
 
त्यसको २ मिनेटपछि नै साम्पडोरियाका लुइस मुरिएलले १ गर्दै गोल अन्तर कम पारेका थिए। तर ३४ औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा ३-१ को अग्रता दिलाए।
 
दोस्रो हाफमा साम्पडोरिया खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन। साम्पडोरियाका लागि ७८ औं मिनेटमा अन्ते बुडिमिरले गोल गरे पनि हार टार्न पर्याप्त भएन र बार्सिालेना ३-२ ले विजयी भयो।
 
गाम्पर ट्रफीको अहिलेसम्म भएका ५१ संस्करणमध्ये बार्सिलोनाले ३९ पटक उपाधि जितेको छ। सन् २०१२ मा साम्पडोरियाले बार्सिलोनालाई हराउँदै उपाधि जितेको थियो।
 
खेल हुनुअघि बार्सिलोनाले नयाँ सिजनका लागि भित्र्याइएका डिफेन्डरद्वय सामुएल उम्टिटी र लुकास डिग्ने, मिडफिल्डरद्वय डेनिस सुवारेज र आन्द्रे गोमेजलाई समथर्कमाझ प्रस्तुत गरिएको थियो। उनीहरुमध्ये डिग्ने र डेनिस सुवारेजबाहेक अरु २ खेलाडीले खेलेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell