PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

​फिफाको नयाँ वरियतामा नेपाल १८८ औं स्थानमा कायमै



पहिलोपोस्ट

​फिफाको नयाँ वरियतामा नेपाल १८८ औं स्थानमा कायमै

काठमाडौ : विश्व फुटबलको सर्वोच्च निकाय फिफलो जारी गरेको नयाँ वरियतामा नेपाल १८८ औं स्थानमा कायमै रहेको छ। जुलाईपछि अहिलेसम्म कुनै खेल नखेलेको नेपालको वरियता घटबढ नभएको हो। वरियतामा नेपालको ७७ अंक छ।

नेपालसँगै दक्षिण एसियाको कुनै पनि देशको वरियता तलमाथि भएको छैन।

दक्षिण एसियामा अफगानिस्तान १५० औं, भारत १५२ औं, माल्दिभ्स १७४ औं, बंगलादेश १८३ औं, भुटान १९२ औं, श्रीलंका १९३ औं र पाकिस्तान १९४ औं स्थानमा कायमै छ।

यस्तै विश्व वरियताको शीर्ष स्थानमा अर्जेन्टिना कायमै छ भने शीर्ष दशमा कुनै फेरबदल भएको छैन।

दोस्रो स्थानमा बेल्जियम, तेस्रो स्थानमा कोलोसम्यिा, चौथो स्थानमा जर्मनी, पाँचौ स्थानमा चिली, छैटौ स्थानमा पोर्चुगल, सातौ स्थानमा फ्रान्स, आठौं स्थानमा स्पेन, नवौ स्थानमा ब्राजिल र दशौं स्थानमा इटली कायम छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell