PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

रणवीरको नाममा रोहित शेट्टीले बनाए 'रणवीर चिङ रिटर्न्स'



पहिलोपोस्ट

रणवीरको नाममा रोहित शेट्टीले बनाए 'रणवीर चिङ रिटर्न्स'

यसअघि चर्चित फिल्म गोलमालको सिरिज बनाएर चर्चामा आएका रोहित सेट्टीले  एक अभिनेताकै नाममा फिल्म बनाएका छन्। उनले चल्तीका स्टार रणवीर सिंहको नाममा 'रणवीर चिङ रिटर्न्स' बनाएका छन्।
 
फिल्मको पहिलो पोस्टर र ट्रेलर भर्खरै सार्वजनिक गरिएको छ।
 
ट्रेलरमा रणवीरलाई फरक भूमिकामा उतारिएको देख्न सकिन्छ। यसबाटै बुझ्न सकिन्छ, फिल्मलाई भव्य सेटमा सुटिङ गरिएको छ।
 
रणवीरसँगै फिल्ममा दक्षिण भारतीय स्टार तमन्नाको समेत अभिनय छ। रणविरसँग तमन्नाको यो पहिलो फिल्म हो। विभिन्न विदेशी भाषासहित दक्षिण भारतीय भाषामा समेत फिल्मलाई डब गरिने बताइएको छ।

अगस्ट १९ मा विश्वभर एकसाथ रिलिज गर्ने तयारी रहेको फिल्मको मुम्बईमा भवय प्रिमियर गरिनेछ। रोहित सेट्टीले निर्देशन गरेको फिल्ममा राजेश नरसिंहको कथा रहेको छ।

हेर्नुस् ट्रेलर-
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell