PahiloPost

May 15, 2025 | २ जेठ २०८२

​टेम्पल रनलाई अब मेसी रनको च्यालेन्ज !



पहिलोपोस्ट

​टेम्पल रनलाई अब मेसी रनको च्यालेन्ज !

स्टेडियममा फुटबल खेल्दा बललाई लियोनल मेसीले कन्ट्रोल गर्छन्। मेसीलाई कसैले कन्ट्रोल गर्न सक्दैन। तर अब समर्थकले मेसीलाई कन्ट्रोल गर्न सक्नेछन्। यो खेल मैदानमा नभएर मोबाइल गेममा हो। 

टेम्पल रन जस्तै अब मेसी रन मोबाइल एप आएको छ। जहाँ समर्थकले बार्सिलोनाका स्टार मेसीका समर्थकले आफ्नो प्रिय फुटबलरलाई आफूले मन लागे जसरी खेलाउन सक्छन्। 

अर्जेन्टाइन कम्पनी क्यूबी नाइनले पूर्व अर्जेन्टाइन कप्तान मेसीको अनुमतीमा 'मेसी रनर' नामको एप सार्वजनिक गरेको छ। उक्त एप एप्पल आइओस र गुगल एन्ड्रोइडमा उपलब्ध छ। प्रयोगकर्ताले आफ्नो मोबाइलमा सजिलै डाउनडोल गरेर मेसीलाई बल खेलाउन सक्छन्। 





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell