PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

सिटौला पक्षले पनि नामावली बुझाएपछि अब नेविसंघमा चुनाव सुनिश्चित



रमेश वाग्ले

सिटौला पक्षले पनि नामावली बुझाएपछि अब नेविसंघमा चुनाव सुनिश्चित

काठमाडौँ : विवादका कारण उद्घाटनमै सीमित भएको नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनमा चुनावबाट नेतृत्व चयन सिटौला पक्षले पनि प्रतिनिधिको नामावली बुझाएपछि सुनिश्चित भएको छ। 

यसअघि अरु विवाद मिलिसके पनि सिटौला पक्षले आफ्नो भागका प्रतिनिधिको नामावली नबुझाएपछि हिजो मतदाताहरुको अन्तिम नामावली सूची प्रकाशन गर्न सकिएको थिएन। 

विवाद मिलाउँदा मिलाउँदै ४ हजार प्रतिनिधि पुगिसक्दा पनि सबै पक्ष नसमेटिएको भन्दै सिटौला-गगन समूहले आपत्ति जनाएका थिए। 

'हामी सबैको नामसूची प्रकाशित गर्न तयार अवस्थामा छौँ', नेविसंघका अध्यक्ष रञ्जीत कर्णले हिजो भनेका थिए, 'तर सिटौला-गगन समूहका तर्फबाट कुन्दनराज काफ्लेले नाम बुझाएनन्। त्यसैले नामावली प्रकाशित गर्न सकिएन।'

आज निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशित गरेपछि मनोनयन दर्ता गर्ने र मतदान गर्ने तालिका निर्वाचन समितिले बनाएको छ। महाधिवेशनका बाँकी प्रक्रिया पार्टी मुख्य कार्यालय सानेपामा गर्ने तयारी छश्र  

यसअघि ११ जिल्लाको विवाद र नेताहरुको नै नेविसंघप्रतिको प्रत्यक्ष चासोका कारण विवाद मिलाउने काम नेविसंघको हातबाट पार्टी संयन्त्रमा पुगेको थियो र अधिवेशन अनिश्चित भएको थियो। 

नेविसंघको अधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधिहरु अधिवेशन नहुने भयो भनेर फर्कनै लाग्दा नेपाली कांग्रेसले गठन गरेको निर्देशन समितिले बुधबार मात्र विवाद मिलाएको घोषणा औपचारिक पत्रकार सम्मेलनबाट गरायो। त्यसपछि प्रतिनिधिहरु नेतृत्व चयन गरेर मात्र फर्कने भन्दै काठमाडौ बसाई लम्ब्याए।

तर सिटौला-गगन समूहले विवाद गरेपछि हिजो पनि नामावली प्रकाशन गर्न सकिएको थिएन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell