PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

सरकारमा पठाउने पाँच मन्त्रीको नाम टुंगो लगाउन माओवादी केन्द्रको बैठक जारी



पहिलोपोस्ट

सरकारमा पठाउने पाँच मन्त्रीको नाम टुंगो लगाउन माओवादी केन्द्रको बैठक जारी

काठमाडौं : सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउन नेकपा माओवादी केन्द्रको बैठक बिहानदेखि बसिरहेको छ।
 
पार्टीभित्रको आन्तरिक विवादका कारण यसअघिको बैठकले निर्णय गर्न सकेको थिएन। केही मन्त्रीको नाम बाहिर आए पनि टुंगो नलागेपछि मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियो।
 
भागबण्डाको आधारमा माओवादीले पाएको आठ मन्त्रालयमध्ये अब पाँच मन्त्रालयका लागि मन्त्री पठाउन बाँकी छ। प्रधानमन्त्रीको निजी निवास लाजिम्पाटमा जारी बैठकले सरकारका कामकारबाहीलाई कसरी सहयोग पुर्‍याउने भन्ने विषयमा पनि छलफल भइरहेको स्रोतले बतायो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell