PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

'फ्लाइङ फिस' फेल्प्सले जिते २२ औं गोल्ड मेडल



पहिलोपोस्ट

'फ्लाइङ फिस' फेल्प्सले जिते २२ औं गोल्ड मेडल

'फ्लाइङ फिस' माइकल फेल्प्सले ओलम्पिकमा २२ औं स्वर्ण पदक जितेका छन्।
 
रियो ओलम्पिक २०१६ अन्तर्गत २ सय मिटर इन्डिभिजुअल मिड्लेमा स्वर्ण जित्दै फेल्प्सले आफ्नो स्वर्ण संख्या २२ पुर्‍याएका हुन्। उनले १ मिनेट ५४.६६ सकेन्ड समयमा दुरी पार गरेका थिए।
 
इन्डिभिजुअल इभेन्टमा लगातार ४ ओलम्पिकमा स्वर्ण जित्ने फेल्प्स पहिलो पौडीबाज बनेका छन्। 
 
रियोमा भने फेल्प्सले जितेको यो चौथो स्वर्ण हो। यसअघि उनले ४ गुणा सय मिटर फ्रिस्टायल, २ सय मिटर बलरफ्लाई र ४ गुणा २ सय मिटर फ्रिस्टायलमा स्वर्ण जितेका थिए।
 
३१ वर्षे अमेरिकी पौडीबाज फेल्प्सको ओलम्पिकमा समग्र पदक संख्या २६ पुगेको छ। फेल्प्सले रियोमा सय मिटर बलरफ्लाई र ४ गुणा सय मिड्ले रिलेमा  प्रतिस्पर्धा गर्न बाँकी छ। त्यसैले उनको पदक अझै बढ्न सक्ने अनुमान गरिएको छ।

सन् २००० मा सिड्नी ओलम्पिक मार्फत ओलम्पिकमा खेल्न थालेका फेल्प्सले २ रजत र २ कास्य पनि जितेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell