PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

नेविसंघको प्रतिनिधि विवाद टुंगियो, मतदाता सूची र निर्वाचन तालिका दिउँसो सार्वजनिक गरिने



पहिलोपोस्ट

नेविसंघको प्रतिनिधि विवाद टुंगियो, मतदाता सूची र निर्वाचन तालिका दिउँसो सार्वजनिक गरिने

काठमाडौं : रातभरिको प्रयासपछि नेपाल विद्यार्थी संघको प्रतिनिधि विवाद मिलेसँगै आज दिउँसो मतदाता नामावली र निर्वाचन तालिका प्रकाशन हुने भएको छ।
 
महाधिवेशन सम्पन्न गराउन गठन गरेको निर्देशक समितिले मतदाता नामावली प्रकाशनमा देखिएको समस्या समाधान गरेको हो।
 
महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशित गरेपछि मनोनयन दर्ता गर्ने र मतदान गर्ने तालिका सार्वजनिक गर्ने निर्वाचन समितिको तयारी छ।

यसअघि अरु विवाद मिलिसके पनि सिटौला पक्षले आफ्नो भागका प्रतिनिधिको नामावली नबुझाएपछि हिजो मतदाताहरुको अन्तिम नामावली सूची प्रकाशन गर्न सकिएको थिएन। 

विवाद मिलाउँदा मिलाउँदै चार हजार प्रतिनिधि पुगिसक्दा पनि सबै पक्ष नसमेटिएको भन्दै सिटौला-गगन समूहले आपत्ति जनाएका थिए। 

यसअघि ११ जिल्लाको विवाद र नेताहरुको नै नेविसंघप्रतिको प्रत्यक्ष चासोका कारण विवाद मिलाउने काम पार्टी संयन्त्रमा पुगेपछि महाअधिवेशन अनिश्चित बनेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell