PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

माओवादी मन्त्रीको नाम टुंगो लागेन, महाधिवेशन तयारीका लागि भदौ ११ मा बैठक



पहिलोपोस्ट

माओवादी मन्त्रीको नाम टुंगो लागेन, महाधिवेशन तयारीका लागि भदौ ११ मा बैठक

काठमाडौं : नेकपा माओवादी केन्द्रको आजको बैठकले भदौ ११ गते राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक गर्ने निर्णय गरेको छ।
 
बिहानदेखि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बसेको बैठकले उक्त निर्णय गरेको हो। 'भदौ ११ गते भृकुटीमण्डपमा राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक गर्ने निर्णय भएको छ,' पार्टी प्रवक्ता पम्फा भुसालले भनिन्।
 
सो बैठकमा नेताहरुले स्थानीय तहको पुनर्संरचनाबारे पार्टीको आधिकारिक धारणा तय गर्न थप छलफल गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।
 
सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउन बैठक बसेको भनिए पनि आजको निर्णय हुन सकेन।
 
पार्टीभित्रको आन्तरिक विवादका कारण यसअघिको बैठकले निर्णय गर्न नसकेपछि मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका प्रचण्डलाई दिइएको थियो।

'अध्यक्षलाई जिम्मा दिइसकेकाले चाँडै निर्णय होला तर आजको यो निर्णय निकै महत्वपूर्ण हो,' प्रवक्ता भुसालले भनिन्, 'महाधिवेशनको बैठक र यसको तयारीका लागि पनि अब हामी लागिपर्नेछौं।'
 
भागबण्डाको आधारमा माओवादीले पाएको आठ मन्त्रालयमध्ये अब पाँच मन्त्रालयका लागि मन्त्री पठाउन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell