
ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ मा कीर्तिमान बन्ने क्रम जारी छ। विभिन्न स्पर्धामा विभिन्न खेलाडीले कीर्तिमान बनाउने भंग गरिरहेका छन्।
यसैक्रममा अर्को अनौठो संयोग जुरेको छ।
पौडीतर्फ महिला सय मिटर फ्रिस्टायलमा अमेरिका र क्यानडाका खेलाडीका संयुक्त रुपमा गोल्ड मेडल जितेका छन्।
अमेरिकन सिमाने मानुएल र क्यानिडियन पेनी ओलेकसिएकले दुरी सँगै पूरा गर्दै संयुक्त रुपमा मेडल जितेका हुन्। दुवै खेलाडीले ५२ दशमलव ७० सेकेण्डमा दुरी पूरा गर्दै ओलम्पिकमा नयाँ कीर्तिमान कायम गरेका हुन्।
२० वर्षे अमेरिका मानुएल ओलम्पिकमा गोल्ड मेडल जित्ने पहिलो ब्ल्याक फिमेल खेलाडी बनेकी छिन् भने १६ वर्षे ओलेकसिएकले त्यस प्रकारको स्पर्धामा क्यानडालाई पहिलो गोल्ड मेडल दिलाएकी छिन्।
यस स्पर्धामा स्वीडेनकी साराह स्जोस्ट्रोमले कास्य पदक जितेकी छिन्।
यसअघि सन् २००० मा अमेरिकन ग्यारी हल र एन्टोनी एर्भिनले ५० मिटर फ्रिस्टायलमा संयुक्त रुपमा गोल्ड मेडल जितेका थिए।
पहिलो ओलम्पिकका पहिलो गोल्ड मेडल जितेपछि मानुएलले यस स्थानसम्म पुग्नेबारे आफूले कहिल्यै कल्पना नगरेको प्रतिक्रिया दिइन्। 'पहिलो गोल्ड मेडल, मेरो पहिलो ओलम्पिकमा, यो त मेरो लागि सरप्राइज हो,' खुसी हुँदै उनले भनिन्, 'मेडल स्टाण्डमा बस्न पाउँदा गौरव लागेको छ।'
ओलेकसिएकले भने यसलाई अनौठो भनेकी छिन्। 'गोल्डको लागि बराबरी हुनु ज्यादै अनौठो हो। गोल्ड मेडल जित्छु भनेर सोचेकै थिइन,' उनले भनेकी छिन्, 'मेरो लागि यो एकदम धेरै हो। मानुएलले पनि मजति नै यसको हकदार हुन्।