PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

राष्ट्रपति र मन्त्रीको बढ्यो दुरी! सपथमा किन झारियो मञ्चबाट?



पहिलोपोस्ट

राष्ट्रपति र मन्त्रीको बढ्यो दुरी! सपथमा किन झारियो मञ्चबाट?

काठमाडौं : साउन २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै राष्ट्रपतिबाट दुई उपप्रधान र तीन मन्त्रीले सपथ ग्रहण गरे। तर सपथका लागि  मञ्च व्यवस्थापन पहिलाको निकै फरक देखियो। जुन लोकतान्त्रिक व्यवस्थामा सुहाउँदो थिएन।

केपी शर्मा ओलीले प्रधानमन्त्री पदको सपथ ग्रहण गर्दा राष्ट्रपति थिए– रामवरण यादव। प्रधानमन्त्रीको सपथलगत्तै उपप्रधानमन्त्री र मन्त्रीहरुले मञ्चबाटै सपथ लिएका थिए।

फाइल फोटो : पहिलोपोस्ट

​तर, प्रचण्डले सपथ लिने क्रममा भने उपप्रधानमन्त्री र मन्त्रीहरु तल झारिए। उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीसँग मञ्च शेयर गर्न पाएनन्। पछि परिचयका क्रममा मात्र उनीहरु मञ्चमा उक्लिए।

कांग्रेस नेता पूर्णबहादुर खड्कालाई सपथको दृश्य चित्त बुझेन। मन्त्रीहरुको सपथको फोटो ट्वीटरमा राख्दै उनले लेखे– 'सपथ गराउने र गर्नेको स्थान तस्बिरमा देखाएजस्तै हो भने ठिक भो जस्तो लाग्दैन।'
 


सुशील कोइराला नेतृत्वको सरकार गठनका बेला भएको सपथमा पनि मन्त्री र राष्ट्रपति एकै लाइनमा थिए। कोइरालाले आफूले सपथ लिएपछि मन्त्रीहरुलाई सपथ खुवाए। तर, नयाँ मन्त्रिपरिषद्का मन्त्रीहरुलाई भने राष्ट्रपतिबाटै सपथ लिएका छन्।

फोटो : सेतोपाटी

राष्ट्रपति कार्यालयले बाहिरीमात्रै होइन भित्री मञ्च व्यवस्थापनमा समेत राष्ट्रपति र मन्त्रीहरुको स्थानमा अन्तर कायम राखेको छ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले भने सपथका क्रममा कुनै प्रोटोकल नमिचिएको दाबी गरे। 'राष्ट्रपति कार्यालयभित्रको मञ्च व्यवस्थापन कार्यालयको टिमले गर्छ। राष्ट्रपति सहभागी हुने बाहिरका कार्यक्रमको मञ्च पनि हामी नै हेर्छौं,' उनले भने।


'पुरानो ठूलो बिल्डिङ, स्पेस र सिचुएसन फ्याक्टर होला। प्रोटोकलको आधारमा तलमाथि हुनेगरी मञ्च व्यवस्थापन गरिँदैन,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell