PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

मन्त्री बन्ने निश्चित भएपछि जनार्दन शर्माले छाडे लेखा समितिको सभापति



पहिलोपोस्ट

मन्त्री बन्ने निश्चित भएपछि जनार्दन शर्माले छाडे लेखा समितिको सभापति

काठमाडौं :  संसदको सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले राजीनामा दिएका छन्।
 
समितिको शुक्रबार बसेको बैठकमा शर्माले राजीनामा दिएको घोषणा गरेका हुन्। 'पार्टीले नयाँ भूमिका दिए नयाँ भूमिकामा नभए यही समितिमा सदस्यको रुपमा रहनेछु,' शर्माले बैठकले भने।
 
संसदको सार्वजनिक लेखा समितिमा प्रमुख प्रतिपक्षी दलको तर्फबाट सभापति हुने प्रचलन छ। तर सभापतिले राजीनामा नदिँदा सत्तारुढ दलका सांसदले पनि सभापतिको रुपमा समिति चलाउँदै आएका छन्। एमाले र माओवादी गठबन्धन सरकारमा रहँदा शर्मा समितिको सभापति रहेका थिए।
 
कांग्रेस-एमाले गठबन्धनको सरकारमा रहँदा नेकपा माओवादी केन्द्र प्रतिपक्षी दलको हैसियतमा रहेको थियो। जसका कारण लेखा समितिको सभापति माओवादीको भागमा परेको थियो।
 
आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्रीको रुपमा शर्मा जाने लगभग पक्का भएको छ। मन्त्री बन्ने निश्चितप्राय: भएपछि उनले सभापति पद छाडेका हुन्।
 
संसदीय समितिका सभापतिलाई संसद सचिवालयले गाडी र सचिवालय सुविधा उपलब्ध गराउँदै आएको छ।
 
अब समितिमा प्रमुख प्रतिपक्षी दलको हैसियतमा एमालेका सांसद सभापति हुन सक्नेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell