PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

​नवयुग, सन्दीप, गौरिका, फुपुसहित १० खेलाडीलाई 'राष्ट्रिय युवा प्रतिभा सम्मान'



पहिलोपोस्ट

​नवयुग, सन्दीप, गौरिका, फुपुसहित १० खेलाडीलाई 'राष्ट्रिय युवा प्रतिभा सम्मान'

काठमाडौं : राष्ट्रको लागि उत्कृष्ट प्रदर्शन गर्दै नाम उँचो बनाउन सफल १० खेलाडी तथा संघलाई सरकारले ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’द्वारा सम्मान गरेको छ। 

प्रज्ञा भवन कमलादीमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली लगायतले १० खेलाडी सहित विभिन्न क्षेत्रका २० व्यक्ति तथा संस्थालाई नगदसहित सम्मान गरेका हुन्। 

अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको कार्यक्रममा सम्मानित हुनेमा खेलकुद विधाका विभिन्न १० खेलाडी रहेका छन्।

१२ औं सागकी स्वर्ण विजेता उसुकी निमा घर्ती मगर, जुडोकी फुपुल्हामु खत्री, फुटबलर नवयुग श्रेष्ठसहित सम्मानित हुनेमा १२ औं सागमै पौडीतर्फ ऐतिहासित रजत सहित चार पदक जितेकी गौरिका सिंह, युवा क्रिकेटर सन्दीप लामिछाने, पारा खेलकुद प्रशिक्षक कुमार पौडेल, एथ्लेटिक्स खेलाडी विपना परियार, खोखोका मुख्य प्रशिक्षक रामनारायण राय, तेक्वान्दो खेलाडी निशा रावल र नेपाल ट्राइथलन संघ रहेका छन्। 

पुरस्कृत सबै खेलाडी तथा संघले जनही एक लाख नगद प्राप्त गरेका छन्।

राष्ट्रिय युवा परिषद्का अध्यक्ष समेत रहेका मन्त्री श्रीपाइलीले युवा विकासकोे १० वर्षे योजना (युथ भिजन–२५) सँगै ल्याइएका अन्य सबै नीति, कार्यक्रम तथा योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै भने,'अब युवाका क्षेत्रमा सरकारले लगानी बढाउनेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell