
काठमाडौं : अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्र निर्माणमा योगदान पुर्याएका विभिन्न क्षेत्रका युवा तथा संघसंस्थालाई सरकारले ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’ प्रदान गरेको छ।
काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइली लगायतले २० व्यक्तिसहित संस्थालाई नगदसहित सम्मान गरे।
राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको कार्यक्रममा सम्मानित हुनेेले जनही एक लाख रुपैयाँ प्राप्त गरेका छन्।
सम्मानित हुनेहरु
- संस्थातर्फ : धुर्मुस–सुन्तली फाउन्डेसन (हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे 'सुन्तली'द्वारा सञ्चालित)
- व्यावसायिक कृषितर्फ : गुल्मीको पैंचो पसल प्रालि
- वातावरण तथा सरसफाइतर्फ : खाँदबारी, सङ्खुवासभाका डा. राजु अधिकारी
- चित्रकला र संगीततर्फ : अपाङ्गता भएका अमीर लामा
- कला र सङ्गीततर्फ : शिव परियार
- कृषि (फलफूल) तर्फ : ओखलढुङ्गाका लोचन बस्नेत
- चेलीबेटी बेचबिखन नियन्त्रणतर्फ : माइती नेपालकी फूलमाया तामाङ
- कृषि (पशुपालन) तर्फ : पोखराका व्यवसायी दीपक तिमिल्सिना
- कला र संस्कृतितर्फ : ‘कालोपोथी’ फिल्मका निर्देशक मीनबहादुर भाम
- वैज्ञानिक खोज–अनुसन्धानतर्फ : काभ्रेपलाञ्चोककी डा. सुमन सत्याल
- खेलकुद विधातर्फ : नवयुग श्रेष्ठ, निमा घर्तीमगर, फुपुल्हामु खत्री, सन्दीप लामिछाने, गौरिका सिंह, निशा रावल, विपना परियार, कुमार पौडेल (प्रशिक्षक), रामनारायण राय (प्रशिक्षक) र नेपाल ट्रायथलन संघ (फोटो : रासस)