PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

मिस होण्डुरस र मिस पराग्वे नेपालमा



दीपेन श्रेष्ठ

 मिस होण्डुरस र मिस पराग्वे नेपालमा

काठमाडौँ : कोटेयोर फेसन विकको नेपाली संस्करणका लागि मिस होण्डुरस र मिस पराग्वे नेपाल आइपुगेका छन्। बौद्ध स्थित होटल हायात रिजेन्सीमा हुने फेसन विकमा मिस होण्डुरस र मिस पराग्वेसँगै बर्लिन, फिनल्याण्ड र अमेरिकाका सुपर मोडल र्‍याम्पमा हिड्नेछन्।

१४ बर्ष देखि फेसन डिजाइनिङ गरिरहेका अक्विनो आन्द्रेस अक्विनोको डिजाइनमा उनीहरु र्‍याम्पमा उत्रन लागेका हुन्। उनीहरुलाई रनवेमा अन्तराष्ट्रिय पहिचान बनाएका नेपाली मोडलहरु आस्था पोखरेल, दीपक घिमिरेले साथ दिनेछन्।

साथै आना शर्मा, गौरव पहारी, मिलना जोशी, सृष्टि श्रेष्ठ पनि र्‍याम्पमा प्रस्तुत हुनेछन्। कोटेयोर फसन विक न्यूयोर्कको सहकार्यमा एभरेष्ट इभेन्ट्स एण्‍ड एक्जिविसनले नेपालमा आयोजना गरेको हो। र्‍याम्प शो शनिबार साँझ सात बजेटबाट हुदैँछ। 




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell