PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

​महिला फुटबल : स्वीडेनसँग हारेपछि अमेरिका बाहिरियो, ओलम्पिकमा नयाँ टीम च्याम्पियन बन्ने पक्का



पहिलोपोस्ट

​महिला फुटबल : स्वीडेनसँग हारेपछि अमेरिका बाहिरियो, ओलम्पिकमा नयाँ टीम च्याम्पियन बन्ने पक्का

चार पटकको स्वर्ण विजेता अमेरिकी महिला फुटबल टीम रियो ओलम्पिकको क्वाटरफाइनलबाटै बाहिरिएको छ। अमेरिका बाहिरिएसँगै अोलम्पिक फुटबलमा महिलातर्फ नयाँ टीमले स्वर्ण जित्ने पक्का भएको छ।

शुक्रबार राती भएको क्वाटरफाइनल खेलमा स्वीडेनसँग पेनाल्टी सुटआउटमा ५-४ ले पराजित भएपछि अमेरिकी टीम पहिलो पटक फाइनल पुग्नबाट बन्चित भएको हो। 

सन् १९९६ बाट ओलम्पिकमा महिला फुटबल समावेश गरिएको थियो। त्यसयता अमेरिका चार पटक च्यामिपयन भइसकेको छ भने एक पटक नर्वेले स्वर्ण जितेको थियो। 

निर्धारित र अतिरिक्त समयको खेल १औ१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। पेनाल्टी सुटआउटमा स्वीडेनलाई जित दिलाउन सेलिन लोट्टा, कोसोभारे एस्लानी, कारोलाइन सेगर र लिसा दाहकभिस्टले गोल गरिन्। स्वीडेनकी लिण्डा सेमब्राण्ड भने गोल गर्न चुकिन्। 

यता अमेरिकाका लागि कप्तान चार्ली लोएड, लिण्डसे होरान र मोर्गन ब्रायनले गोल गरिन् भने एलेक्स मोर्गन र क्रिस्टियन प्रेस गोल गर्न असफल रहिन्। 

यस्तै आयोजक ब्राजिललको महिला टोली पनि अष्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ७-६ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। 

निर्धारित र अतिरिक्त समयको खेल गोल रहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउट तर्फ धकेलिएको थियो। दुवै टीमका ८/८ खेलाडीले पेनाल्टी प्रहार गरेका जसमा ब्राजिलकी मार्टा गोल गर्न असफल बनिन् भने अष्ट्रेलियाकी कट्रिना गोरी र अलाना केनेडी गोल गर्नबाट चुकिन्। 

अन्य क्वाटरफाइनलमा खेलमा जर्मनी र क्यानडा विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका छन्। जर्मनीले चीनलाई १-० ले पराजित गर्यो। जर्मनीको जितमा ५६ औं मिनेटमा मेलानी बेहरिङगरले निर्णायक गोल गर्नि।

क्यानडाले पनि फ्रान्सलाई १-० गोल अन्तरले नै पराजित गर्यो। क्यानडालाई जिताउन सोफी स्मीडल गोल गरिन्। 

लगातार तीन पटकको स्वर्ण विजेता अमेरिका बाहिरिएसँगै ओलम्पिक इतिहासमा अब महिलातर्फ नयाँ टीमले स्वर्ण जित्ने पक्का भएको छ।

त्यसका लागि सेमिफाइनलमा ब्राजिलले स्वीडेन तथा क्यानडाले जर्मनीसँग खेल्नेछ। दुवै खेल मंगलबार हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell