PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

​डब्लुसिएल च्याम्पियनसिप : टस हारेपछि नेपालले नेदरल्याण्ड्स विरुद्ध पहिले ब्याटिङ गर्ने



पहिलोपोस्ट

​डब्लुसिएल च्याम्पियनसिप : टस हारेपछि नेपालले नेदरल्याण्ड्स विरुद्ध पहिले ब्याटिङ गर्ने

आइसीसी विश्व क्रिकेट लिग डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत चौथो चरणको खेलमा आज नेदरल्याण्ड्स र नेपालबीच प्रतिस्पर्धा हुँदैछ। 

नेदरल्याण्ड्सको घरेलु मैदान भिआरए ग्राउण्डमा हुने खेलमा डच टोलीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

डब्लुसिएलमा अपराजित रहेको नेदरल्याण्ड्स १० अंक सहित शीर्ष स्थानमा छ भने नमिविया विरुद्धको श्रृंखला जितेको नेपाल ४ अंक सहित छैटौ स्थानमा छ। 

शीर्ष चारमा पर्ने सम्भावना कायम राख्न नेपाल सामु नेदरल्याण्ड्लाई जित्नै पर्ने चुनौती छ। नेपालले आज र सोमबार नेदरल्याण्ड्ससँग दुई खेल खेल्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell