PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

डब्लुसिएल : नेदरल्याण्ड्ससँग नेपाल ९४ रनमा अलआउट



पहिलोपोस्ट

डब्लुसिएल : नेदरल्याण्ड्ससँग नेपाल ९४ रनमा अलआउट

विश्व क्रिकेट लिग डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत चौथो चरणको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ९४ रनमा अलआउट भएको छ।
 
नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले फितलो प्रदर्शन गर्‍यो र पूरै ५० ओभर टिक्न सकेन।
 
आम्टलभिनस्थित भिआरए ग्राउण्डमा नेपालले ३८ दशमलव १ ओभर खेल्दै मात्र ९४ रन बनाउन सक्यो। नेपालका लागि ४ खेलाडीले मात्र दोहोरो अंक छुन सके भने ओपनर अनिल मण्डलले सर्वाधिक २० रन बनाए। यस्तै शरद भेषावकरले १४, सोमपाल कामीले १२ तथा ज्ञानेन्द्र मल्लले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक छुन नसक्दा नेपाल सस्तैमा आउट हुन पुग्यो।
 
नेपालका कप्तान पारस खड्का र करण केसीले खाता समेत खोल्न सकेनन्। पारस गोल्डेन डक आउट भए भने करण केसी २ बल खेलेर आउट भए। यस्तै विनोद भण्डारी ९, सागर पुन ७, राजु रिजाल ३ र सन्दीप लामिछाने १ रनमा आउट भए। बसन्त रेग्मी ७ रनमा नटआउट रहे। नेपाललाई कम स्कोरमा रोक्न नेदरल्याण्ड्सका टीम भान डेर गुटेन र माइकल रिप्पोनले सर्वाधिक ३/३ विकेट लिए। यस्तै भान डेर मर्वेले २ तथा मुदासार बुकारी र पउल भान मिकेरेनले १/१ विकेट लिए। ९५ रनको लक्ष्य पाएको घरेलु टोलीले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell