PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

अवैध विदेशी मुद्रासहित विमानस्थलबाट रोमानियाका एक नागरिक पक्राउ



पहिलोपोस्ट

अवैध विदेशी मुद्रासहित विमानस्थलबाट रोमानियाका एक नागरिक पक्राउ

काठमाडौं : अवैध रुपमा विदेशी मुद्रा बाहिर लैजान लागेको अवस्थामा रोमानियाका एक नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पक्राउ परेका छन्।
 
३५ हजार अमेरिकी डलर र ७ हजार ३ सय ५० युरोसहित ०५२७१६८९५ नम्बरको राहदानी भएका ३४ वर्षीय एन्ड्री गुम्टीट्रअ समातिएका हुन्।
 
क्युआर ६५३ बाट दोहा हुँदै रोमानियाको बुचराष्ट जान लागेको अवस्थामा हेण्ड ब्याग चेकिङ एरियाबाट उनलाई प्रहरीले पक्राउ गरेको हो। ती मुद्रा उनले कालो ह्याण्ड ब्यागमा लुकाछिपाई राखेका थिए।

यस्तै, विदेशबाट ल्याइएको तीन थान टिभी अवैध रुपमा राखिएको पाएपछि एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
 
थाई एयरवाईजको ३१९ नम्बरको उडानमा आएका यात्रुले ल्याएको सामसुङ कम्पनीको ३२ इन्चको तीन थान टिभी अवैध रुपमा राखेको अभियोगमा संखुवासभा मच्छेपोखरी-४ का २८ वर्षीय महेश गुरुङ पक्राउ परेका हुन्।

विमानस्थलको एराइभल गेटबाहिर पार्किङ एरियामा उनले ती सामान राखेका थिए। बरामद सामान आवश्यक कारबाहीको लागि विमानस्थल भन्सार कार्यालय पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell