PahiloPost

Nov 3, 2025 | १८ कात्तिक २०८२

मानिस आफ्नै अज्ञानताले दु:खी हुन्छ : हिन हङ



पहिलोपोस्ट

  मानिस आफ्नै अज्ञानताले दु:खी हुन्छ : हिन हङ

काठमाडौं : बौद्ध अध्येता तथा भिक्षु हिन हङले मानिसको जीवनमा दुःख आइपर्ने भए पनि अज्ञानका कारण व्यर्थै अपनाइरहेको बताएका छन्।
 
काठमाडौंमा भएको नीति तथा सदाचार संस्थाको उद्घाटन तथा एक्काइसौं शताब्दीमा बौद्धशिक्षाप्रवचनमा बोल्दै उनले सबै जीवित प्राणीहरुका लागि मैत्रीकामनाको अभ्यास गर्ने गरेमा जीवन सुखी, सहज र शान्तिपूर्ण हुने बताए।
 
अनावश्यक आसक्ति तथा द्वेषका कारण मानिसले गलत कर्मगर्ने र त्यसै कारण मानिस दुःखी बन्दै जाने उनको भनाइ छ।
 
द्वेषका कारण मानिस विध्वंश र विनाशमा उत्रन्छ। आसक्तिका कारण उसले चाहिनेभन्दा बढी संकलन गर्न थाल्छ,' भिक्षु हिन हङले भने, 'यसका कारण ऊ युद्धमा समेत उत्रिन्छ। अज्ञानताकै कारण आफूमात्र होइन सबैका लागि दुःखको सिर्जना गर्न पुग्छ।
 
गौतम बुद्धद्वारा प्रतिपादित शिक्षाले अज्ञानलाई चिर्न र अनावश्यक दुःखबाट मुक्त हुन सहयोग पुर्‍याउने उनको भनाइ छ।

हङकङ निवासी बौद्ध विज्ञ भिक्षु हिन हङ युनिभर्सिर्टी अफ हङकङको बौद्ध अध्ययन केन्द्रका प्रमुख तथा चिनियाँ लिङजी तथा गुइयाङ चान स्कुलका प्रमुख पनि हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell