इस्लामावाद : अपहरणमा परेका पाकिस्तानको एक हेलिकोप्टर चालक र सो हेलिकोप्टरमा रहेका चालक दलका सदस्य मुक्त भएका छन्।
पाकिस्तानको सो हेलिकोप्टरले अफगानिस्तानमा लगेर आपतकालीन अवतरण गराएको थियो। त्यसपछि त्यस हेलिकोप्टर चालक र सबैजना सदस्यलाई अपहरण गरिएको थियो।
अपहरित ती सबैजना सदस्यलाई मुक्त गरिएको पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता नाफिस जाकारियाले जानकारी दिएका छन्।
पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा ल्याएर उनीहरुलाई छोडिएको छ। तर उनीहरुलाई रिहाईका लागि जातीय समूहबीच आदानप्रदान भएको प्रवक्ता नाफिसले बताएका छन्।
तर के आदान प्रदान भएको हो र उनीहरुलाई कसले अपहरण गरेका थिए भन्ने बारेमा भने केही पनि बताइएको छैन। सो हेलिकोप्टरमा रहेका चालक दलका सबै छ जना सदस्य रिहाई भएका पाकिस्तानले जनाएको छ। रासस/एएफपी