PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

​आजबाट सुरु हुँदै नेविसंघ निर्वाचन प्रकृया



पहिलोपोस्ट

काठमाडौँ : नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनको निर्वाचन कार्यक्रम आजदेखि सुरु हुने भएको छ।
 
गत साता उद्घाटन भएको महाधिवेशनमा ११ जिल्लाका प्रतिनिधि विवादले नेतृत्व चयनको काम अघि बढ्न सकेको थिएन। गत मङ्गलबार मध्यराति नेपाली काँग्रेसले गठन गरेको विवाद समाधान निर्देशक समितिले समस्या समाधान गरे पनि महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्न ढिलाइ हुँदै आएको छ।
 
प्रतिनिधिको नामावलीलाई अन्तिम रुप दिन गृहकार्य भइरहेको निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले जानकारी दिए। उनका अनुसार सहज रुपमा अघि बढ्यो भने सोमबार निर्वाचन हुनेछ।
 
काँग्रेसको निर्देशन समिति र निर्वाचन समिति विवाद मिलाएर मतदाता नामावलीलाई अन्तिम रुप दिन लागिरहेका बेला प्रतिनिधि भने अन्योलमा परेको सिन्धुपाल्चोकका प्रतिनिधि तेजबहादुर बानियाँले बताए। यही साउन २३ गते  काँग्रेस सभापति शेरबहादुर देउवाले भृकुटीमण्डपमा उद्घाटन गरेको महाधिवेशनको बन्दसत्र भने सुरु हुन सकेको छैन। विसं २०६४ जेठपछि हुन लागेको महाधिवेशन बन्दसत्र नगरी नेतृत्व चयनमा जाने तयारी भएको निर्वाचन समितिले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell