PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

प्रिमियर लिग : डिफेन्डिङ च्याम्पियन लेस्टर सिटी उद्घाटन खेलमा हल सिटीसँग पराजित



पहिलोपोस्ट

प्रिमियर लिग : डिफेन्डिङ च्याम्पियन लेस्टर सिटी उद्घाटन खेलमा हल सिटीसँग पराजित

नयाँ सिजनको प्रिमियर लिगको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन लेस्टर सिटी पराजित भएको छ। शनिबार सम्पन्न खेलमा लेस्टर सिटी घरेलु मैदानमै हलसँग २-१ गोल अन्तरले पराजित भयो।
 
पहिलो हाफको इन्जुरी टाइममा अडामा डाओमान्डेले ओभर हेर्ड किकमार्फत गोल गर्दै भ्रमणकारी टोली हल सिटीलाई पहिले अग्रता दिलाए। तर दोस्रो हाफको सुरुवातमै लेस्टरले बराबरी गोल फर्कायो। ४७ औं मिनेटमा प्राप्त पेनाल्टीमा रियाद महारेजले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याए।
 
५७ औं मिनेटमा राबर्ट स्नोडग्रासले गोल गर्दै हललाई २-१ को अग्रता दिलाए। त्यसपछि घरेलु मैदानमा लेस्टर बराबरी गर्न संघर्षरत रहे पनि गोल फर्काउन सकेन र हल सिटी २-१ ले विजयी हुँदै सुरुवाती ३ अंक जोड्न सफल भयो।
 
प्रिमियर लिग अन्तर्गत नै आज अन्य ६ खेल हुँदैछन्। नेपाली समयअनुसार बेलुका ७:४५ बजे बर्नले र स्वान्से सिटी, क्रिस्टल प्यालेस र वेष्टब्रोमिच अल्विओन, एभरटन र टोटनहम, मिडलस्ब्रो र स्टोकी सिटी तथा साउदह्याम्पटन र वाटफोर्डबीचको खेल हुनेछ। यस्तै राति १०:१५ बजे म्यानचेष्टर सिटीले सण्डरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell