PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

नेदरल्यान्ड्ससित नेपाल निराश : ​डब्लुसिएल च्याम्पियनसिपको खेलमा ७ विकेटको पराजय

नेदरल्यान्ड्ससित नेपाल निराश : ​डब्लुसिएल च्याम्पियनसिपको खेलमा ७ विकेटको पराजय

पहिलोपोस्ट /पहिलोपोस्ट


आइसीसी विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत चौथो चरणको खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ। शनिबार आम्स्टलभिनमा भएको खेलमा घरेलु टोली  विकेटले विजयी भयो।  ९५ रनको सामान्य विजय लक्ष्य नेदरल्याण्ड्सले १६ दशमलव ५ ओभरमा ३  विकेट गुमाएर पुरा गर्यो।

नेदरल्याण्ड्सको जितमा विकेटकिपर वेस्ले बारेसीले सर्वाधिक ३७ रन बनाए। ३३ बल खेलेका बारेसीले बसन्त रेग्मीको बलमा आउट हुनुपूर्व ५ चौका समेत प्रहार गरे। यस्तै ओपनर स्टेफन माइवर्गले नटआउट ३३ रनको योगदान गरे। 

नेपालको तर्फबाट करण केसी, बसन्त रेग्मी सागर पुनले विकेट लिए।

भिआरए ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले फितलो ब्याटिङ गर्दै ३८.१ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो। 
नेपालका लागि ओपनर अनिल मण्डलले सर्वाधिक २० रन बनाए। यस्तै शरद भेषावकरले १४, सोमपाल कामीले १२ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। कप्तान पारस खड्का र करण केसी खाता नखोली आउट भए। पारस गोल्डेन डक आउट भएका हुन्। 

यस्तै विनोद भण्डारी ९, सागर पुन ७, राजु रिजाल ३ र सन्दिप लामिछाने १ रनमा आउट भए। बसन्त रेग्मी ७ रनमा नटआउट रहे। नेपालले आफ्नो इनिङमा कुल ६ चौका प्रहार गरेको थियो भने छक्का प्रहार गर्न सकेन। यस्तै भेट्रान स्पिनर शक्रि गौचनलाई आजको खेलमा बेन्चमा राखिएको थियो। 

जितपछि डब्लुसिएलमा अपराजित रहेको नेदरल्याण्ड्को ७ खेलबाट १२ अंक भएको छ र शीर्ष स्थानमा आशिन छ। यता हारपछि नेपालको शीर्ष चारमा पर्ने योजनामा धक्का लागेको छ। चौथो चरण अन्तर्गत नै नेपालले नेदरल्याण्ड्ससँग सोमबार खेल्नेछ।


ट्रेन्डिङ पोस्ट

Ncell