PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

उपत्यकामा सामाजिक अपराध बढी, तीन जिल्लामध्ये भक्तपुर बढी सुरक्षित



सविन ढकाल

उपत्यकामा सामाजिक अपराध बढी, तीन जिल्लामध्ये भक्तपुर बढी सुरक्षित

काठमाडौं : राजधानीमा दैनिक अपराध गतिविधिहरु बढिरहेका छन्। हत्या, चोरी, ठगी, संगठित अपराध, आत्महत्याले राजधानी जेलिएको छ।
 
पछिल्लो समय दिउँसो हुने चोरीले झनै प्रताडित छ राजधानी। विगत ३ वर्षको तथ्यांक हर्ने हो भने यस्ता आपराधिक गतिविधिबाट सबैभन्दा बढी काठमाडौंवासी पीडामा पर्ने गरेका छन्।
 
काठमाडौको तुलानामा भक्तपुर धेरै शान्त मान्न सकिन्छ। आर्थिक वर्ष २०७०/७१ मा मात्र राजधानीमा हत्या, चोरी, ठगी, संगठित अपराध, आत्महत्या लगायतमा गरी ६ हजार ८ सय १९ मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकले देखाएको छ। जसमध्ये ८२ प्रतिशत अर्थात् ५ हजार ६ सय मुद्दा काठमाडौं जिल्लाबाट आएका हुन्।
 
सबैभन्दा कम घटना भने भक्तपुर जिल्लामा भएको छ। कुल घटनामध्ये ५ प्रतिशत अर्थात् ३ सय ९७ वटाघटना मात्र भक्तपुरमा भएका छन्।
 
काठमाडौंको तुलानामा ललितपुर जिल्लामा पनि अपराध कम नै देखिन्छ।  ललितपुरमा सोही वर्षमा ८ सय २० बटा घटना घटेका थिए। आर्थिक वर्ष ७१/७२ मा राजधानीकै समग्र अपराध घटेको देखिन्छ।
 
आव २०७०/७१ को तुलानामा ७१/७२ मा ८ सय ३१ वटा घटना घटेका छन्। सोही वर्ष काठमाडौंमा ४ हजार ७ सय ७३ वटा घटना भएका थिए।
 
लालिपुर र भक्तपुरमा क्रमश: ७ सय ३२ र ४ सय ८३ घटना भएका छन्। आव २०७१/७२ मा पनि भक्तपुर जिल्लामा नै कम घटना भएको छ।
आव २०७०/७१ को तुलनामा २०७२/७३ मा राजधानीमा कम आपराधिक घटना भए पनि अघिल्लो वर्षको तुलानमा बढेको देखिन्छ।
आव २०७२/७३ मा राजधानीमा ६ हजार २ सय ४४ घटना घटेको देखिन्छ। जसमध्ये सवैभन्दा बढी काठमाडौं जिल्लामा ७८ दशमलव ५ प्रतिशत अर्थात् ४ हजार ९ सय २ वटा घटना भएका छन्।
 
भक्तपुरमा भने कुल घटनाको ७ प्रतिशत अर्थात् ४ सय ३८ घटना भएको देखिन्छ। ललितपुरमा भने भक्तपुर जिल्लाको दोब्बर १४ प्रतिशत अर्थात् ९ सय ४ घटना भएका छन्।
 
यसरी ३ वर्षको प्रहरी तथ्यांक हेर्दा ३ जिल्लामध्ये भक्तपुरमा कम घटना भएको देखिन्छ। राजधानीमा हुने अपराधमध्ये सबैभन्दा बढी सामाजिक अपराध नै छन्। कुल अपराधमध्ये ६५ प्रतिशतभन्दा बढी सामाजिक अपराध रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell