PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

छुरा प्रहार गरी अर्काकी श्रीमतीको हत्या



रासस

उर्लाबारी : मोरङको पथरी शनिश्चरे–१०मा शनिबार बेलुका छुरा प्रहार गरी एक महिलाको हत्या भएको छ। 

पथरी शनिश्चरे–११ का ३१ वर्षीय दिलीप घतानीलाई छुरा प्रहार गरी पथरी शनिश्चरे–१० बस्ने मुकुन्द कार्कीकी २१ वर्षीया श्रीमती समीक्षा कार्कीको हत्या गरेकोव आरोपमा प्रहरीले पक्राउ गरेको छ। 

दिउँसो २ बजे घतानीले कार्कीकै घरमा पुगेर छुरा प्रहार गरेको प्रहरीले बताएको छ। छुरा प्रहारबाट गम्भीर घाइते भएकी कार्कीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बेलुका मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिए। 

घतानीले छुरा प्रहार गर्नुको कारण खुल्न नसकेको प्रहरी निरीक्षक बस्नेतले बताए। छुरा प्रहार गर्ने घतानीलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell