PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

विदेश जाने मोह, उजुरी बोकी प्रहरीतिर



सविन ढकाल

विदेश जाने मोह, उजुरी बोकी प्रहरीतिर

काठमाडौं : ७/८ जना युवाको समूह बिहान ११ बजेतिर महानगरीय अपराध अनुसन्धान व्यरोको पिल्लर नम्बर ३ मा पुगेर ठिङ्ग उभिए। सबैका अनुहार मलिन थिए। ओठ मुख सुकेका लाग्थ्यो। मध्यमबर्गीय परिवारका जस्ता देखिन्थे उनीहरु।

केहीवेरको प्रतीक्षापछि उनीहरुले त्यहाँ रहेका प्रहरीलाई आफ्ना समस्या सुनाउन थाले। उनीहरु प्रहरीकहाँ आउनुको कारण रहेछ - ठगी।
उनीहरुलाई राजधानीको एक म्यानपावर कम्पनीले विदेश लैजाने भन्दै प्रत्येकबाट १ लाख देखि २ लाखसम्म लिएर फरार भएछ। उनीहरु आफ्नो रकम उठाइदिनु पर्‍यो भन्दै त्यहाँ आएका रहेछन्।

त्यस्तै केही दिन अघि प्रहरीले  ब्राइट फ्युचर कन्सल्टेन्सीका संचालक रामप्रसाद खनाललाई पक्राउ गर्‍यो। प्रहरीमा क्यानडाको पिआर मिलाइदिन्छु भन्दै ६५ लाखभन्दा बढी ठगेको उजुरीको आधारमा रामप्रसादलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
 
आफू नेपाल आयल निगमको कर्मचारी भएको र जागिर लागाउन सक्ने भन्दै दुई युवक दीपक ठाकुर र दीपेन्द्र साहले करिब ३ लाख भन्दा बढी रकम लिएर फरार भए। उनीहरुले आफ्नै साथीको दिदीलाई जागिर लगाइदिने प्रलोभन देखाएका थिए। प्रहरीमा पीडितले उजुरी दिएपछि उनीहरु पनि धेरै  दिन प्रहरीको आखाँबाट लुक्न सकेनन्।
 
अहिले महानगरीय अपराध अनुसन्धान व्युरोमा यस्ता घटनाको उजुरी लिएर पुग्ने पीडितको संङख्या बढेर गएको छ। राजधानीमा अन्य अपराधहरु कम हुँदै गएको अवस्थामा वित्तीय अपराध भने बढ्दै गएको महानगरीय अपराध अनुसन्धान व्युरोका एसपी सहकुलबहादुर श्रेष्ठले पहिलोपोस्टलाई जानकारी दिए। पहिलेको तुलानमा अहिले उजुरीको सङ्ख्या झन्डै दोव्वर भएको छ। अहिले प्रहरीमा दैनिक ५ वटासम्म यस्ता वित्तीय ठगीका उजुरी पर्ने गरेका छ। गत आर्थिक वर्ष २०७२/७३ मा मात्र दर्ता भएका उजुरीहरु मध्येबाट करिब  प्रहरीले १ सय ३६ वटा मुद्दा चलाएको थियो। यसरी चलाएको मुद्दा मध्ये करिब ५० प्रतिशत बैदेशिक रोजगारीमा हुने ठगीका छन्।

प्रहरीले राजधानीका १४ वटा म्यानपावर कम्पनीमा छापामारी कारबाही समेत अगि बढाएको थियो। विभिन्न देश अध्यान र पिआर उपलब्ध गराउने भन्दै मोटो रकम उठाएर फरार हुने २१ कन्सल्टेन्सी माथि पनि प्रहरीले कारवाही गरेको छ। श्रेष्ठ भन्छन्, 'राजधानीमा कन्सल्टेसीले गर्ने वित्तीय ठगीको मात्रा झनै ठूलो छ।' महगो व्याज दिने, सहकारी संचालन गरी रकम संकलन गरेर फरार हुने, नक्कली लालपुर्जा देखाएर जग्गा बिक्री गर्ने किसिमका वित्तीय अवराध अहिले बढेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell