PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

दलाई लामा भेट्न गर्लफ्रेन्डसँगै पुगे सलमान



पहिलोपोस्ट

दलाई लामा भेट्न गर्लफ्रेन्डसँगै पुगे सलमान

बलिउड स्टार सलमान खान आफ्नो नयाँ फिल्म 'ट्युबलाइट' सुटिङका लागि लेह पुगेका थिए। कबिर खानको निर्देशनमा बन्न लागेको फिल्मको सुटिङका लागि पुगेका उनको केही दिन अघि फिल्मकी हिरोइन चाइनिज अभिनेत्री जुजुसँगको तस्बिर सामाजिक संजालमा देखिएको थियो। लगत्तै उनको बौद्ध धर्मगुरु दलाई लामासँगको फोटो पनि सार्वजनिक भएको छ।

दलाई लामासँगको भेटमा भने सलमान फिल्म युनिटसँग नभएर आफ्नि प्रेमीका लुलिया वन्तुरसँग देखिएका छन्।

केही समय यता आफ्नो प्रेमिकासँग समारोहहरुमा भाग लिन थालेका सलमानले सुटिङ भिजिटमा पनि लुलियालाई लिएर हिड्छन्।

फिल्म ट्युबलाइटको सुटिङ यही अगस्ट ८ तारिकदेखि सुरु भएको हो। कबिर खानसँग एक था टाइगर र बजरङ्गी भाइ जान पछि यो सलमानको तेस्रो फिल्म हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell