PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

​एक खुट्टामा जुत्ता नै नलाई दौडिइन् डिरो



पहिलोपोस्ट

​एक खुट्टामा जुत्ता नै नलाई दौडिइन् डिरो

इथियोपियन धाविका एटेनेस डिरोले रियो ओलम्पिकमा एउटा मात्र खुट्टामा जुत्ता लगाएर ३ हजार मिटर स्टिपल चेज दौड पूरा गरेकी छिन्। उनले ३ हजार मध्ये अन्तिम ८ सय मिटर दुरी एउटा खुट्टामा जुत्ता नलगाई पूरा गरेकी हुन्

सुरुमा उनी सातौं भएकी थिइन् तर अन्तिममा उनलाई उक्त स्पर्धाको फाइनलमा प्रतिस्पर्धा गर्ने अनुमति दिइएको छ।

३ हजार मिटर स्टिपल चेसको एक दाबेदार रहेकी डिरो दौडको दुई भागसम्म आफ्नो हिटको पहिलो स्थानमा थिइन् तर जब उक्त घटना हुन पुग्यो उनी सातौं भइन्। दौडका क्रममा डिरोको दायाँ खुट्टाको जुत्ता आधा फुस्केको थियो।

२५ वर्षीया डिरोले तत्कालै जुत्ता आफ्नो खुट्टामा लगाउने प्रयास गरिन् तर उनको जुत्ताको लेस टाइट थियो र त्यसलाई मिलाएर लगाउने समय उनीसँग थिएन।

त्यसपछि उनले एक खुट्मा जुत्ता लगाएर अर्को खुट्टा खाली नै दौडने निधो गरिन्। त्यसपछि उनले उत्कृष्ट तीन भित्र पर्ने प्रयास जारी गरिन्। किनकि शीर्ष तीन भित्र पर्ने प्रतिस्पर्धी मात्र अन्तिम चरणको लागि छनोट हुने थियो।

एउटा खुट्टमा जुत्ता नलगाई दौडेपछि डिरो सातौं स्थानमा दौड पूरा गर्न सफल भइन्, जसको अर्थ उनी अन्तिम चरणको लागि छनोट हुन असफल भइन्। त्यसपछि उनी ट्रयाकमै ढलिन्, अन्तिम चरणमा छनोट हुन नसकेकाले निराश बनिन्।

तर इथियोपिया, आइरल्याण्ड र जमैकन टीमले विरोध गरेपछि डिरोसँगै आइरल्याण्डका सारा ट्रेसी र जमैकाका आइशा प्रागटलाई अन्तिम चरणमा प्रतिस्पर्धा गर्न स्वीकृत गरिएको हो। यससँगै चार वर्ष अघि लण्डन ओलम्पिकमा छैटौं स्थान हात पारेकी डिरोलाई त्यो भन्दा सुधार गर्ने अवसर प्राप्त भएको छ।

अब सोमबार हुने अन्तिम चरणको प्रतिस्पर्धामा डिरो सबैको फेभरेट खेलाडी बनेकी छिन्।

ओलम्पिक इतिहासमा दौड र जुत्ताको विषयमा यस्ता खाले घटनाहरु भइरहन्छन्। सन् १९६० को ओलम्पिकमा इथियोपियाका अबेबे बिकिलाले नाङ्गो खुट्टा दौडिएरै म्याराथनमा स्वर्ण पदक जितेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell