PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

​कांग्रेस कार्यालयमा ढुंगा हानाहान



रमेश वाग्ले

​कांग्रेस कार्यालयमा ढुंगा हानाहान

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा ढुंगा हानाहान भएको छ। महाधिवेशन प्रतिनिधिहरुको नाम प्रकाशित गरेर परिचयपत्र वितरण सुरु भएपछि प्रतिनिधिको नामावलीमा नै विमती राखेको दीपक भट्टराई नेतृत्वको विद्यार्थी संघको समूहले आन्दोलन थालेको थियो।
केहीबेर सडकमा आन्दोलन गरेर सानेपा पुगेका भट्टराई नेतृत्वका विद्यार्थी संघका कार्यकर्ताले पार्टी कार्यालय परिसरमा आन्दोलन थाले। कार्यालय भित्रै जुलुस भएपछि उनीहरुलाई प्रहरीले बाहिर निकाल्न खोज्दा ढुंगा हानाहानको अवस्था आएको हो। त्यो समूहले पार्टीले गठन गरेको निर्देशन समितिले तीन सय प्रतिनिधि थप गरेको आरोप लगाउँदै आएको छ।

त्यसलाई समर्थन जनाउँदै पार्टीले गठन गरेको निर्देशन समितिका दुई सदस्य गोविन्द भट्टराई र गुरुराज घिमिरेले नामावली सच्याउनुपर्ने भन्दै विज्ञप्ति जारी गरेका छन्। उनीहरुले जारी गरेको विज्ञप्तिमा अहिले प्रकाशित सूची निर्देशन समितिको सिफारिस विपरित भएको बताएको छ।

‘निर्देशन समितिले विगतमा अधिवेशन भइसकेका ६४ जिल्ला बाहेकका ११ जिल्ला र केही विवादित क्याम्पसका प्रतिनिधि सिफारिस गर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर अहिले प्रकाशित प्रतिनिधिको सूची निर्णय विपरित रहेकाले त्यसलाई सच्याउन आवस्यक छ।’

‘हिजो सबैजनाको बैठक बसेको थियो त्यही बैठक पछि तयार पारिएको प्रतिनिधिहरुरुको नामावलीमा नेविसंघ अध्यक्ष रञ्जित कर्ण र निर्देशन समितिका संयोजक डाक्टर प्रकाशरण महतको हस्ताक्षर छ,’ किशोरसिंह राठौरले भने, ‘त्यसमा उहाँहरु पनि सहमत भएकाले अहिले विवाद गर्नुको कुनै ओचित्य छैन।’

उनले नामावलीमा केही प्रिन्ट मिस्टेक भएको भए मात्र सच्याउन सकिने भन्दै अन्यकुरामा आन्दोलन वा विरोधले केही फरक नपार्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell