PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

नेविसंघका विद्यार्थी कुटेको खिचेको भन्दै प्रहरीद्वारा पत्रकार माथि आक्रमण



सविन ढकाल

नेविसंघका विद्यार्थी कुटेको खिचेको भन्दै प्रहरीद्वारा पत्रकार माथि आक्रमण

काठमाडौँ : नेपाल विद्यार्थी संघको महाधिवेशनको समाचार संकलनका लागि गएका पत्रकारहरुलाई कांग्रेस कार्यालय सानेपाबाट लखेट्दै कुटपिट गरेको छ।

प्रहरीले पत्रकारमाथि पार्टी कार्यालयबाट चक्रपथसम्म लेखेट्दै आक्रमण गरेको हो।

आन्दोलनकारीलाई प्रहीले पिटेको भिडियो तथा फोटो खिचेको भन्दै प्रहीरीले खेदी खेदी पत्रकार माथि नै आक्रमण गरेका हुन्।

प्रहरी आक्रमणमा एभिन्युज टेलिभिनका भिडियो पत्रकार किशोर चौधरी घाइते भएका छन् भने उनको क्यामेरा समेत फूटेको छ। घाइते पत्रकार चौधरीको टाउकोमा चोट लागेका कारण रक्तश्राव भएको छ।


प्रहरीसँगको झडपमा परी नेविसंघको ११औं महाधिवेशनमा महामन्त्रीका उम्मेद्वार हिमालदत्त श्रेष्ठ घाइते भएका उनको सानेपाकै स्टार अस्पतालमा उपचार भइरहेको छ।





फोटो : इलिट जोशी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell