काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। आफ्नै पार्टीका तर्फबाट पाँच मन्त्री र राज्यमन्त्री थप गर्दै प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
माओवादीबाट जनार्दन शर्मा ‘प्रभाकर’ ऊर्जा, धनिराम पौडेल शिक्षा, हितराज पाण्डे स्थानीय विकास, राम कार्की सञ्चार र अजशंकर नायक कानुन मन्त्री बनेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आइतबार दिउँसो आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ दिलाइन्।