PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

महिलालाई राज्यमन्त्री मात्रै !

महिलालाई राज्यमन्त्री मात्रै !

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौँ : सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले दोस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दा महिलालाई क्याबिनेटको सदस्य बनाउन असफल भएको छ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा महिलाहरुलाई राज्यमन्त्रीमा सीमित राखिएको हो।

माओवादी र कांग्रेस गठबन्धनबीच भागवण्डा हुँदा माओवादीको भागमा ८ मन्त्रालय परेको थियो जसमा माओवादीबाट कृष्णबहादुर महरा उपप्रधानसहित अर्थ, गौरीशंकर चौधरी कृषि, दलजित श्रीपाइली युवा तथा खेलकुद, जनार्दन शर्मा ‘प्रभाकर’ ऊर्जा, धनिराम पौडेल बिना विभागीय, हितराज पाण्डे स्थानीय विकास, राम कार्की सञ्चार र अजशंकर नायक कानुन मन्त्री बनिसकेका छन्। 

प्रचण्डले महिलालाई राज्यमन्त्री बनाएका हुन्। राज्य मन्त्री हुनेमा राधिका तामाङ कृषि विकास राज्यमन्त्री, धनमाया विक बिना विभागीय छन्। सत्यनारायण भगत ऊर्जा राज्यमन्त्री र श्रीप्रसाद जगेबु संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री रहेका छन्। 

यसअघि प्रचण्डले प्रधानमन्त्रीसँग सिधा कुरा कार्यक्रममा महिलाको प्रतिनिधित्व उचित ढंगले गर्ने बताएका थिए। 


ट्रेन्डिङ पोस्ट

Ncell