PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

​आठ फोटोमा हेर्नुस् विश्वकै पहिलो रेन फरेस्ट होटल

​आठ फोटोमा हेर्नुस् विश्वकै पहिलो रेन फरेस्ट होटल

पहिलोपोस्ट /पहिलोपोस्ट


विश्वको चर्चित स्थान मध्येमा पर्छ, दुबई। विश्वकै सबैभन्दा अग्लो भवन, पानिमाथि बनाइएका विभिन्न स्वरुप, अनी विश्वलाई नै आश्चर्य चकित पार्ने मानव निर्मित सभ्यता।

यसैमा अब अर्को नयाँ आश्चर्य चकित पार्ने होटल थपिँदैछ। दुबईमा यस्तो खालको होटल खुल्दैछ कि होटल भित्रै रेनफरेस्ट हुनेछ। होटलभित्रै रेनफरेस्ट हुने यो विश्वको पहिलो होटल बन्नेछ। यती मात्र होइन, आर्टिफिसियल बीच, पुल बोटविरुवा लगायत सबै थोक होटल भित्रै उपलब्ध हुनेछ। 

रोजमाउण्ट होटल एण्ड रेजिडेन्स नाम दिइएको उक्त होटल निर्माण गर्न २३० मिलियन पाउण्ड खर्च हुने अनुमान गरिएको छ भने सन् २०१८ भित्र यो होटल खुलिसक्ने बताइएको छ। 

जेडएएस आर्किटेकले डिजाइजन गर्ने उक्त फाइभस्टार होटलमा ४५० रुम हुनेछ भने विश्व चर्चित हिल्टन ब्राण्डले यसको सञ्चालन गर्नेछ। 

होटल ४७ तल्लाको दुई टावरमा निर्माण गरिनेछ, जसमा गेष्ट रुम, स्वीट रुमका साथै २६ औं तल्लामा लबी रुम रहनेछ। यस्तै फाइन डाइनिङ, भिआइपी लग, स्पा, जिम र मिटिङ रुम समेत रहनेछ। 
 


ट्रेन्डिङ पोस्ट

Ncell