PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

फोटोमा हेर्नुस् यसरी भयो नेविसंघ विद्यार्थीमाथि लाठी चार्ज

फोटोमा हेर्नुस् यसरी भयो नेविसंघ विद्यार्थीमाथि लाठी चार्ज

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : महाधिवेशन प्रतिनिधिहरुको नाम प्रकाशित र परिचयपत्र वितरण भएपछि नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय बाहिर नारा घन्किन थाल्यो।

कार्यालय बाहिरपट्टि नामावलीमा नै विमति राखेर दीपक भट्टराईको नेतृत्वको टिमले फर्जी प्रतिनिधि खारेज गर्नुपर्ने नारा लगाएका थिए। नारा लगाएपछि कार्यलयमा उपस्थिति भएको प्रहरीले विरोध गर्ने पक्षलाई कार्यालयको बाहिरबाट धकल्दै बाटोसम्म ल्याएका थिए।

त्यसपछि प्रहरी र विरोधीहरुबीच घम्साघम्सी सुरु भयो। त्यतिकैमा प्रहरीको तर्फबाट लाठीचार्ज भयो। प्रहरीले महिला, पुरुष, पत्रकारलाई समेत लठ्ठी बर्साउन छाडेनन्। झडपमा २० जना घाइते भए। त्यस्तै नेपाल प्रहरी र सशस्त्रको तर्फबाट ८ जना सामान्य घाइते भए। काठमाडौँ टुडेका पत्रकार चन्द्र आले लगायत दुई पत्रकार घाइते भएका छन्। आलेको क्यामरा क्षति भएको छ।


ट्रेन्डिङ पोस्ट

Ncell